• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महाकालीमा डुबेर एक युवकको मृत्यु

  •   शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दार्चुला । दार्चुला सदरमुकाम खलंगामा विगत केही दिनदेखि खानेपानी पटक–पटक अवरुद्ध भइरहेको छ । खानेपानीको अभावका कारण शुक्रबार दिउँसो महाकाली नदी किनारमा नुहाउन गएका एकयुवाको बगेर ज्यान गएको छ ।

    दार्चुलाको ब्यास गाउँपालिका-४ सुन्सेरा घर भई हाल सदरमुकाम खलंगामा बस्दै आएका २१ वर्षीय सुवास कुँवरको महाकाली नदीमा नुहाउने क्रममा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।

    मृतक कुँवर बजारमा डेरा गरी कम्प्युटर सिकिरहेका थिए । नदीमा बगेको जानकारी पाएपछि स्थानीय युवा, प्रहरी र सशस्त्र प्रहरी घटना स्थल पुगेको थियो । नदीबाट बगिरहेको अवस्थामा जीवितै उद्धारगरी कुवरलाई दिउँसो २ बजे जिल्ला अस्पताल दार्चुला पुर्‍याइएको भए पनि अस्पतालमा डाक्टरले दिउसो मृत घोषित गरेका थिए ।

    विगत दुई तीन दिनदेखि खानेपानी नआउँदा सदरमुकाम खलंगामा बसोबास गरिरहेकाहरू सरसफाइका लागि महाकाली नदी तथा खानेपानीका लागि परम्परागत धारामा जाने गरेका छन् ।

    खानेपानी कार्यालयले अवरुद्ध भएको पानी सुचारु नगर्दा कुँवरको ज्यान गएको भन्दै आफन्त आक्रोशित बनेका छन् । ‘डेरा गरी बसिरहेको विद्यार्थी खानेपानीका लागि नदी जानुपर्ने स्थिति छ । खलंगा खानेपानी तथा सरसफाइ आयोजनाले मृतकको जिम्मा लिनुपर्छ,’ नेकपा एमाले दार्चुलाका उपसचिवसमेत रहेका मृतकका आफन्त चन्द्रा कुँवरले भने ।

    महाकाली नगरपालिका-४ माल्बेला क्षेत्रमा सडक निर्माणको क्रममा खानेपानी पाइप फुट्दा बजारको खानेपानी अवरुद्ध भइरहेको खलंगा खानेपानी तथा ढल उपभोक्ता समितिका अध्यक्ष जयदेव जोशीले बताए ।

    ‘सडक निर्माणका क्रममा खानेपानी अवरुद्ध भएको हो, निर्माण गरिरहेको ठेकेदारलाई खानेपानी सुचारु गर्न भनेको छु । कार्यालयबाट पनि पोलम्बर पठाएको छु । भोलि बिहान सम्म पानी आउँछ,’ जोशीले भने ।

    मृतक कुँवरको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । घटनाको खानेपानी कार्यालयले जिम्मा नलिएसम्म शव नबुझ्ने मृतकका आफन्तको अडान छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.