चितवन । कोरोना भाइरस (कोभिड–१९) संक्रमित वा शंकास्पद बिरामीलाई राख्नको लागि बनाइएको आइसोलेसन वार्डमा भरतपुर अस्पतालले १४ बेड थपेर १९ बेड क्षमताको बनाएको छ । यसअघि भरतपुर अस्पतालमा पाँच बेडको आइसोलेसन वार्ड रहेको थियो । कोरोनाको संक्रमण विश्वव्यापी बन्दै गएपछि अस्पतालले यसलाई विशेष ध्यानमा राखेर शैया बढाएको मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए । भरतपुर अस्पतालमा आज बसेको नोबल कोरोना रोग रोकथाम र नियन्त्रण समन्वय समितिको बैठकपछि हाल सम्म २ जनाको नमूना परीक्षण गरिएकोमा नेगेटिभ देखिएको र आज थप एकजनाको नमूना परीक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाइएको छ । कोरोना भाइरसबारे सर्वसाधारणलाई जानकारी दिन र शंकास्पद बिरामी पत्ता लगाउन अस्पतालले बिरामीहरुलाई छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाईएको जानकारी दिइएको छ । अस्पतालको २ सय १ नम्बर कोठा बाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।








