धनगढी । सुदूरपश्चिम प्रदेशमा गएको २४ घण्टामा थप २२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो। थपिएका मध्ये अछाम मेल्लेखका ५ जना, कैलालीको लम्की चुहाका १३ र गोदावरीका ४ जना छन्। ति मध्ये पुरुष १४ र महिला ८ जना रहेको मंगलबार अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।









