चितवन । चितवनमा आज अस्पताल भर्ना हुने संक्रमितको संख्या बढेको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमित अस्पताल भर्ना भएका छन् ।
यस सँगै आज अस्पतालमा उपचार संक्रमितको संख्या ४३ पुगेको छ । त्यस्तै आज थप ६१ जना नयाँ संक्रमित थपिएका छन् । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ६२६ जनाको कोरोना परिक्षण गर्दा थप १८८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज जिल्लाभर सक्रिय संक्रमित ४ हजार २३८ जना रहेका जस मध्ये ४ हजार १९५ जना होम आइसोलेसनमा रहेका छन् । यता, आज १९९ जना संक्रमणमुक्त भएका छन् । यस सँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २७ हजार ९८८ पुगेको छ ।








