• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सिमसारमाथि मानवीय अतिक्रमण, संकटमा जैविक विविधता

  •   बुधबार, माघ १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कपिलवस्तु ।  वातावरण सन्तुलन र जैविक विविधतामा महत्त्वपूर्ण सिमसार मानवीय अतिक्रमणको चपेटामा पर्दा जैविक विविधता सङ्कट पर्न थालेको छ । सिमसार क्षेत्रमा एकोहोरो दोहन, संरक्षणको अभाव तथा मानवीय अतिक्रमणका कारण सङ्कटमा पर्न लागेको सरोकारवाला बताउँछन् ।

    नेपालमा करिब ५ प्रतिशत भूभाग सिमसार रहेका छन् । देशभर ९ सिमसार क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचिमा सूचिकृत रहेका छन् । रामसार क्षेत्रमा सूचिकृत कपिलवस्तुको जगदीशपुर तालमा पर्यटकीय चहलपहल बढेसँगै मानवीय गतिविधि बढ्दै गएको छ । जसको असर देखिन सुरु भएको छ ।

    कपिलवस्तुको जगदीशपुर तालमा बुधवार २६औं विश्व सिमसार तथा ९औं चरा दिवसमा मनाउँदै गर्दा सरोकारवालाको सिमसार दोहनमा चिन्ता व्यक्त गरेका छन् । वक्ताहरूले सिमसार संरक्षणमा सरकार र समुदायले चासो दिनु पर्नेमा जोड दिएका छन् ।

    मानवीय चहलपहलकै कारण चराको स्वर्ग मानिँदै आएको जगदीशपुर तालमा चराको सङ्ख्या घट्नुले सिमसार क्षेत्र सङ्कटमा पर्न लागेको बताइएको छ । लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले सिमसार क्षेत्रको संरक्षणका लागि लुम्बिनी प्रदेश सरकारले ध्यान दिने जनाउँदै प्रस्तावना तयार गर्न स्थानीयसँग आग्रह गरे ।

    सिमसार क्षेत्रमा फोहर फाल्ने, नदीबाट बगेर आएका फोहर मैला प्लास्टिक जम्मा हुने कारणले जीव जन्तु खतरामा परेको बताइएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजय राज सुवेदीले भने, ‘अब सिमसार विभिन्न किसिमले सकिँदै छ । पानी निकालेर सुकाएर खेतीपाती गर्ने प्रचलन रहेको छ । सिम मासेर धान रोपिएको छ । सिमसारमा फोहर फाल्दा नचाहिने बस्तु जम्मा हुँदा जीवजन्तु लाई असर गर्ने र सिमसार पनि मासिने समस्या थप भएको छ ।’

    यता सिमसार क्षेत्रमा मानवीय गतिविधि बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर देखिन सुरु भएको छ । जगदीशपुर तालमा मानवीय क्रियाकलाप बढेको छ । डुङ्गा चलाउँदा चराहरूको चहलपहलमा बाधा उत्पन्न देखिएको छ । पछिल्ला तीन वर्षमा आगन्तुक चराको संख्यासमेत घट्दै गएको स्थानीय फोटो पत्रकार बृजेश जयसवालले बताए । नेपाल पन्छी संरक्षण संघले गरेको चरा गणनाअनुसार जगदीशपुर तालमा चराको सङ्ख्या वर्षेनी घटेको छ ।

    संघका प्रोजेक्ट अफिसर भूपाल नेपालीका अनुसार जगदीशपुर तालमा सन २०१९ मा १४९८०, सन २०२० मा २०८००, सन २०२१ मा १२०६३  चरा गणना भएका थिए । तर, यस वर्ष १३ हजारको हाराहारीमा चरा गणना भएको नेपालीले बताए । हिमाली नेचरले गरेको गणनामा ९३०० चरा फेला परेका थिए ।

    मानिसको चहलपहल, चोरी सिकारी, प्रजनन कार्यमा बाधा पुर्‍याउने, बास स्थानमा समस्याले गर्दा चराको सङ्ख्या घट्दै गएको छ । सिमसार क्षेत्रमा किनारहरू स्थानीयले मिच्दै गएको कारणले समेत सिमसार साँघुरो बन्दै गएको छ । कृषि कार्यमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदासमेत सिमसार क्षेत्रको जैविक विविधतामा समस्या भएको बायोलोजीस्ट दिलीप चन्दले बताए ।

    सिमसारलाई जैविक, सामाजिक पर्यावरणीय, पर्यटकीय, आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण मानिए पनि समुदाय र सरकार बिचको असमझदारीको कारण चपेटामा पर्दै गएको छ । नेपाल सरकारले सिमसार संरक्षणका लागि सिमसार नीति २०६९ जारी गर्दै संरक्षण र व्यवस्थापन गर्ने नीति लिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.