• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

युवती बनेका यी अभिनेता

  •   बिहिबार, माघ २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    एजेन्सी काठमाडौं ।अभिनेता नवाजुद्दीन सिद्दीकी चाँडै नै कंगना रनावतको प्रोडक्सनमा बनेको फिल्म ‘टीकू वेड्स शेरु’मा देखिँदैछन् । यो फिल्ममा नवाजुद्दीन आइटम गर्लको रुपमा पनि प्रस्तुत हुँदैछन् । जसको एक झलक हालै कंगनाले सामाजिक सञ्जालमा राखेकी थिइन् ।

    तस्वीरमा नवाजुद्दीनलाई श्रीदेवीको जस्तै लुक्समा देखाइएको थियो । यो लुक्सको प्रेरणा पनि श्रीदेवी नै हुन् । नवाजुद्दीनको लेडी लुक्स सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

    त्यसो त नवाजुद्दीन भन्दा अघि पनि कैयौं अभिनेताले आफूलाई महिलाको चरित्रमा ढालिसकेका छन् ।

    अक्षय कुमार (खिलाडी) : सन् १९९२ को फिल्म ‘खिलाडी’मा अक्षय कुमार युवतीको गेटअपमा देखिएका थिए । फ्लिक्सवाला हेयरस्टाइलमा अक्षय निकै सुन्दर देखिएका थिए । फिल्ममा उनीसँगै दीपक तिजोरी पनि युवती बनेका थिए ।

    शाहरुख खान (डुब्लीकेट) : सन् १९९८ को फिल्म ‘डुब्लीकेट’मा दुई अलग–अलग व्यक्तिको भूमिका मात्र निभाएनन्, उनले फिल्ममा युवतीको लुक्सलाई पनि प्रस्तुत गरे । एक दृश्यमा भिलेनको अगाडि शाहरुखले आइटम गर्ल बनेर ग्ल्यामर अन्दाजमा नृत्य गरेका थिए । कालो छोटो पहिरन र घुम्रिएको कपालमा शाहरुख निकै सुन्दर देखिएका थिए ।

    अमिताभ बच्चन (लावारिस) : फिल्म ‘लावारिस’मा ‘मेरे अंगने मे’ गीतमा अमिताभ बच्चन लेहंगा लगाएर युवती बनेका थिए । उनको मेकअप शैली पनि निकै तािरफ योग्य थियो । यो गीत अहिले पनि मान्छेले निकै मनपराउँछन् ।

    कमल हासन (चाची ४२०) : सन् १९९७ को फिल्म ‘चाची ४२०’मा कमल हासनले बुढी महिलाको भूमिका निर्वाह गरेका थिए । आफ्नो श्रीमति र छोरीको नजिक रहनका लागि कमल एक महिला सहयोगीको गेटअप बनाएर उनको घरमा बसेका थिए ।

    आयुष्मान खुराना (ड्रीम गर्ल) : हिट फिल्म ‘ड्रीम गर्ल’मा आयुष्मान खुराना नाटकमा युवतीको चरित्र निभाउने पात्रमा देखिएका थिए । जसका लागि उनी पूर्ण रुपमा युवती भएका थिए । फिल्मको क्लाइमेक्समा पनि उनी लेहंगा लगाएर युवती बनेका थिए । फिल्ममा सजिलै पैसा कमाउनका लागि आयुष्मान पुजा बनेर मानिसहरुसँग फोनमा कुराकानी गर्दै बिल बढाउँथे ।

    गोविन्दा (आन्टी नं १) : सन् १९९८ मा रिलिज फिल्म ‘आन्टी नं. १’मा गोविन्दा आन्टीको भूमिकामा देखिएका थिए । फिल्मको गीत ‘आन्टी नम्बर १’ निकै लोकप्रिय भएको थियो ।

    सलमान खान (जान–ए–मन) : अभिनेता सलमान खान, अभिनेत्री प्रिती जिन्टा स्टारर फिल्म ‘जान–ए–मन’ सन् २००६ मा रिलिज भएको थियो । यो फिल्मको एक दृश्यमा सलमान युवती बनेका थिए । गुलाबी सर्ट लगाएका सलमान निकै सुन्दर देखिएका थिए । तर शारीरिक बनावटका कारण उनले दर्शकलाई निकै हँसाएका थिए ।

    राजकुमार राव (लूडो) : सन् २०२० मा रिलिज फिल्म ‘लूडो’मा राजकुमा रावले लेहंगा लगाएर युवतीको अवतारमा देखिएका थिए । लामो कपाल, मेकअप र जुलरीमा राजकुमारलाई चिन्न नै गाह्रो परेको थियो ।

    रितेश देशमुख (अपना सपना मनी–मनी) : अभिनेता रितेश देशमुख पनि ‘अपना सपना मनी मनी’मा युवती बनेका थिए । अभिनेताको गेटअपले कैयौं युवतीलाई पछाडि पारेको थियो । कतिपयले उनको लुक्सलाई स्वेता तिवारीसँग तुलना गरेका थिए ।

    आमिर खान (बाजी) : सन् १९९८ को फिल्म ‘बाजी’मा आमिर खानले युवतीको रुप मात्र बनाएनन्, युवतीजस्तै नाँचे पनि । ‘डोले–डोले’ गीतमा उनलाई चिन्न निकै गाह्रो पथ्र्यो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.