माघ महिनाको कुरा हो । टेलिभिजनमा काम गरेको डेढ बर्ष मात्र भएको थियो । मलाई रिपोटिङ बारे धेरै जानकार थिईन । तर समसामायिक बिषयमाथि रहेर टेलिभिजनमा जनताको विचार भनिने सट २ मिनेटको को भिडियो प्रायः दैनिक जसो जान्थ्यो । त्यो धेरैजसो म आफैँ फिल्डमा गएर ल्याउने गर्दथ्ये ।
दैनिक प्रसारण गरिने ‘जनताको विचार’ का लागि माघ १७ गते पनि दैनिक जस्तै त्यस दिन पनि नवलपुर जिल्लाको कावासोती बजार गए । प्रश्न थियो स्थानीय तह विकासमा जनप्रतिनिधिको भूमिका शिर्षक तय गरेर क्यामेरा डायरी र कलम लिएर म कावासोतीको मुख्य बजार क्षेत्रमा पुगेकी थिए ।
बजार क्षेत्रको सार्वजनिक चौरमा धेरै संख्यामा महिलाहरुको सहभागिता रहेको थियो । सहभागि महिलामध्ये एक जनाले मलाई चिनेर बोलाउनुभयो । उहाँले भन्नुभयो ‘म प्राय जसो तिमीसंग अन्तवार्ता लिईरहेकी छु । आज यहाँ महिला दिदीबहिनी धेरै हुनुहुन्छ, उहाहरुको भनाईहरु पनि समेट्नु पर्यो’ भनि एकजनाले रिक्वेस्ट गर्नुभयो र म उहाँहरुको कुराहरु सुनेर बसिरहे ।
महिलाहरुको सहभागिताका बारेमा सबै कुरा उहाँले मलाई बताउनुभयो र केहि घण्टा पछाडी महिलाको उपस्थित झन बढ्दै थियो । कुरा सुन्दै र बुझ्दै जादा जिल्लाको ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य चौकीमा कार्यरत अहेवद्वारा महिला माथि बलतकृत गरिएको मैले थाहा पाए । बलत्कारीलाई कडा कावाहीको माग गर्दै जिल्लामा रहेका विभिन्न संस्थाका अधिकारकर्मीहरुको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएका थिए ।
बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म म महिला अधिकारकर्मी र पीडितसंगै थिए । उनीहरुसंगै म जिल्ला प्रशासन पनि पुगे । पीडित महिलाको न्यायका लागि धेरै महिलाहरुको संलग्नता र सहभागि पनि देखे । एकातिर सोचे पीडितको न्यायका लागि महिलाहरुको साथ सहयोग न्याय पहुँचताका लागि दिएको हौसलाप्रति म पनि खुशी थिए । घट्नाबारे सबै कुरा प्रमुख जिल्ला अधिकारीलाई बताउने क्रममा महिलाहरुको आखाँ ओभानो कसैको थिएन । अन्य महिलाहरुकको पनि कुरा सुने । अहेवले गाँउका अन्य महिलालाई पनि छोडेका रहेन छन् । पीडित महिलासंगै अन्य महिलाहरु पनि अहेवको अभद्र व्यवहारको शिकार बनेको कुरा सुन्दा मेरा पनि आखाँ रसाए । घट्नाबारे प्रशासन गम्भीर तर्फबाट लाग्ने भन्दै आश्वसानमा पयौँ ।
प्रहरीमा दिईएको उजुरी र्फिता लिन बारम्बार दवाब दिईएपछि पीडित महिलाले महिला अधिकारकर्मीको रोवहरमा प्रशासन र जिल्ला प्रहरीलाई ज्ञापन पत्र बुझाएकी थिईन । बलत्कार भएको पीडा आफुसंग थिदै थियो तर उनले सोच्दी रहेछिन, हामी जस्तो गरिबले न्याय पाईदैन र हाम्रो कोही छैन, उनका विभिन्न अधिकारकर्मीसंगै श्रीमानले पत्नीलाई हौसला स्वरुप प्रहरीमा उजुरी दिन लगाएपछि उनलाई प्रहरीले पक्रउ गरेको थियो । पटक–पटक महिलामाथि अभद्र ब्यवहारको शिकार बन्दै आएका महिलाहरु अहिले सुख र चयनले शास फेर्न पाएका छन । उच्च पदस्थमा रहेका व्यक्तिबाट अशिक्षा, आर्थिक स्तर कमजोरीका कारण नै उनीहरु दिनानुदिन शिकार बन्नुपर्ने अवस्था जो छ ।
अब भन्नुहोस,
सर्वसाधारण बिरामी पर्दा उपचार पाउने पाने ठाउँमै महिला बलात्कृत हुनु कति अजारकताको विषय हो । वर्तमान समयमा महिलामाथि हुने यस्ता प्रकृतिका घटनाहरु बढ्दो क्रममा छ । सबैले पाउने सार्वजनिक संस्थामा महिलामाथि नै असैश्य व्यवहार किन हुन्छन ? यस्तै शारिरीक र मानसिक तनावले महिलाहरु आज यि घटना बाहिर ल्याउन सकिरहेका छैनन् । घट्ना बाहिर ल्याउन कानुनी ज्ञान, परामर्श नहुँदा पनि यसबारे साक्षात्कार हुन नसक्नुका साथै समबन्धित अधिकारकर्मीहरुको पहुँतामा पुग्न समेत सकिरहेका छैनन । महिलालाई हौसला प्रेरणा, सम्मान खोई रु समाजमा आफनो अस्तित्वका लागि आफुमाथि हुने विभिन्न किसिमका अन्याय र घृणित क्रियाकलापको दमनका शिकार हुँदै समस्या, पीडा र मानसिक तनावसहित आफुलाई समाजमा पुनस्र्थापित गर्दै आएका छन् ।
वर्तमान परिवेशमा महिलाको स्थिती हेर्ने हो भने ज्यादै दुःख लाग्दो छ । हरेक क्षेत्रमा माहिलामाथि बलत्कार, कुटपिट र हिंसा भइरहेको छ । महिला माथि भएका रहेक हिंसाको लेखाजोख सरकारले गर्नै पर्छ । यही उनीहरुको समस्यालाई सरकारले समाधान गर्न सकेन भने भोली समाजको निर्माण आजै गर्न सकिन्छ की भोली कस्तो समाज निर्माण हुँदै छ । मुलुक कस्तो बन्दै छ । महिलाको हक अधिकार र उनीहरुको आवाजलाई बुलन्द गर्नेबाटै नै महिला पीडित बनेका छन् । महिला स्वास्थ्यकर्मीबाटै महिला पीडित बनेका छन् । उपचार गर्ने डाक्टरबाटै पीडित छन् । पढाउने शिक्षकबाटै पीडित छन् । सँगै काम गर्ने सहकर्मीबाटै महिला पीडित छन् । अब भनौँ महिला कसरी सुरक्षति छन् ? कसरी सुरक्षित छन् ?
यतिबेला देश कोरोना भाईरससँग जुधिरहेको छ । यसको रोकथाम न्युनिकरण तथा उच्च सर्तकताका लागि मुलुकमा लकडाउनमा छ । सरकारले कोरोना नियन्त्रण तथा रोथामका जुटि रहेको छ । संक्रमित नागरिकहरुलाई व्यवस्थापन गर्नका लागि आइशोलेसन र प्रिआइशोलेसन निमार्ण गरेको छ भने, करडौँको लागतमा विदेशबाट आउने नागरिकहरुको व्यवस्थापनको लागि क्वारेन्टिहरु निर्माण गरेको छ । क्वारेन्टिनमा सरकारले नागरिकलाई सहि रुपमा व्यवस्थापन गर्न नसक्दा महिलाहरु यहाँनै बलत्कृत भइ रहेका छन् । अन्य व्यक्तिहरुबाट थिपोमिचोर चेपुवामा परेका छन् । लकडाउन जारी गरेको ४ महिना बित्न लागि सक्यो तर व्यवस्थित, मर्यादित र महिलामैत्री क्वारेन्टिनको व्यवस्था अझै हुन सकेको छैन । जसको प्रत्यक्ष असर महिलालाई नै परेको छ । यि बाहेकका घट्नाहरु पनि आम सञ्चार माध्यममा आईरहेका छन । तर यसको विकल्प, अनुसन्धान र व्यवस्थित क्वोन्टिनका लागि सरकारले अझै पहल गर्न सकेको छैन । लकडाउनकै समयमा पहिलेको तुलनामा बलत्कारका घटनाहरु पनि बढि रहेका छन् ।
नेपाल सरकारले महिलाका लागि नीति, कार्यक्रम र आवश्यक बजेट विनियोजन गर्छ केवल सैद्धान्तिक रुपमा । महिलाका क्षेत्रमा कुनै पनि प्रभावकारी काम भएका छैनन् । सरकारले खाली यति उति बजेट विनियोज मात्रै भन्ने गरेको छ । यसले गर्दा पीडामा परेका महिलाहरु माथि उठ्न र न्याय पाउन सकिरहेका छैनन् । विषमा सरकार उदासिन छ । सरकारले बजेट मात्रै छुट्याउने तर त्यसको प्रभावकारीता र उपलब्धिका बारेमा अनुगमन तथा निरिक्षण नगर्दा बजेट ‘जसको शक्ति उसकै भक्ति’ भने जस्तै भएको छ । कतिपय क्षेत्रमा महिलाका लागि छुट्याइउका बजेटहरु पनि गुपचुप भएका छन् ।
काम गर्र्ने आश्वासनकै भरमा महिलालाई राखे पनि व्यवहारिकता र कार्यान्वयनमा भने उही ‘मुखमा रामराम बगलीमा छुरा’ जस्तै भएको छ । कार्यक्रमहरु ल्याउछौ, बनाउछौ, निर्माण गर्छौ, महिलालाई सक्षम बनाउछौँ भन्ने कुरा केवल मौखिक रुपमा दिईने आश्वासन मात्रा हुन् । सरकारलाई वार्षिक रुपमा महिलाको क्षेत्रमा ५० प्रतिशत पनि काम गर्न पनि मुस्किल छ । जसका कारण २१ औँ शताब्दीमा पनि महिलाहरु हिंसा, यौन शोषणको दलदलमा फसिरहेका छन् । पारिवारिक, आर्थिक, सामाजिक र मानसिक तनावमा महिला नै छन । महिला न आफन्तीबाट सुरक्षित छन, न घर न समाज, न सरकारबाट नै ।
महिलाको हक अधिकार लैङ्गिक समानता आखिर संविधानको पानामा मात्रै सिमत रहे । जबसम्म सरकार महिलाको हरेक विकासमा र लैङ्गिक समानताका लागि तदारुकताका साथ लाग्दैन तबसम्म महिला, यौन शोषण अन्य समस्याबाट मुक्त हुन सक्दैन । महिला सवल र सक्षम बन्नको लागि रहेक क्षेत्रका महिलाहरुलाई सक्षम बन्ने किसिमको तालिम, अभिमुखिकरण र अन्य कार्यक्रमको जरुरत हुन्छ । महिला जब सक्षम बन्छन् तबमात्रै मुलुक समृद्धिको यात्रामा अगाडी बन्न सक्छ । तसर्थ सबैले नारीलाई सम्मान गर्न सिकौँ, माया गर्न सिकौँ । महिलालाई हरेका क्षेत्रमा सहभागी बनाउँ ।








