• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस महाधिवेशनमा सहभागी हुन नपाएका असन्तुष्ट नेताले जिल्ला अधिवेशन नै गर्न नदिने

  •   आइतबार, माघ २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी ।  नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन अझै विवादमा छ । कांग्रेसको विधानअनुसार वडा, क्षेत्र र पालिकाको अधिवेशन नसकिए केन्द्रीय र जिल्ला अधिवेशनमा सहभागी बन्न पाइँदैन ।

    वडा, पालिका र क्षेत्रीय अधिवेशन हुन नसक्दा केन्द्रमा सहभागी हुने कतिपय नेताहरू महाधिवेशनमा भाग लिनै पाएनन । यही सहभागी बन्न नपाएको प्रतिशाध महोत्तरीमा छताछुल्ल भएको छ ।

    बल्वा नगरपालिका, मनरासिस्वा नगरपालिका वडा नम्बर ८ को अधिवेशन सम्पन्न हुन नसक्दा क्षेत्र नम्बर ३ को अधिवेशन अझै अन्योलमा छ । केन्द्रले जिल्ला अधिवेशन गर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै कतिपय नेताहरू भोकहडतालमा समेत बसे ।

    विवादित क्षेत्र, वडा र पालिकाको अधिवेशन नसकेसम्म जिल्ला अधिवेशन गर्न नहुने माग राख्दै कांग्रेस महोत्तरीका पूर्व माहासचिव बजरंग नेपाली तीन दिनसम्म भोकहडतालमा बसे । क्षमतावान नेताहरु केन्द्रीय महाधिवेशनमा सहभागी बन्न नपाएको, तर जिल्लामा यो दुर्भाग्य नदोहोर्‍याउने बजरंग नेपालीलगायतका नेताहरूको अडान छ ।

    क्षेत्रीय अधिवेशन समपन्न गरेपछि मात्र जिल्ला अधिवेशनको मिति निर्धारण गर्नुपर्ने मागसहित तीन दिनसम्म भोकहडतालमा बसेका नेताको मागलाई केन्द्रबाट सम्बोधन त भयो, तर विवादित क्षेत्र नम्बर ३ को अधिवेशनमा केन्द्रले सहजीकरण गर्न नसक्दा अझै अधिवेशनमा अन्योल नै सिर्जना भएको छ ।

    कांग्रेसका महामन्त्री धनराज गुरुङले भोकहडतालमा बसेका नेता नेपालीसहित उक्त मागका समर्थकलाई परिपत्रसहित क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गर्ने विश्वस्त तुल्याएका थिए । तर क्षेत्रीय अधिवेशनका समबन्धमा पटकपटक छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।

    जिल्ला सभापतिको आकांक्षीहरु मनोज झा, रागबेन्द्र झा र रामु यादव छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधि निकट मानिन्छन् भने रागबेन्द्र रामचन्द्र पौडेल निकट हुन् । पौडेल पक्षका नेता रामचन्द्र तिवारीका कारण अधिवेशन हुन नसकेको निधि पक्षका नेताहरूको आरोप छ । पूर्वकेन्द्रीय सदस्यसमेत रहेका नेता तिवारीले केन्द्रीय अधिवेशनमा भाग लिन नपाएको रिस अहिले अशिवेशन हुन नदिने षड्यन्त्र रचिरहेको जिल्लाका नेताहरूको आरोप छ ।

    जिल्ला अधिवेशनका लागि भोक हडतालमा बसेका नेता बजरंग नेपाली पनि जिल्ला सभापतिका दावेदार हुन् । यदि क्षेत्र नम्बर ३ को अधिवेशन नसकिए जिल्ला अधिवेशनमा नेता नेपालीले उम्मेदवारी दिन पाउने छैनन् ।

    महोत्तरीमा संस्थापन र संस्थापन इतर गरी झन्डै आधा दर्जन प्यानल देखिएका छन् । आसन्न निर्वाचन नजिकिँदै गर्दा कांग्रेसभित्र देखिएको छिन्नभिन्नले निर्वाचनमा समेत ठूलो धक्का लाग्ने स्वयं नेताहरुको आकलन छ ।

     

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.