चितवन । चितवनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा १३ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
८६ जनाको पिसिआर परीक्षण गरिएकोमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै जिल्लाभर कोरोना संक्रमितको संख्या ३३ हजार एक सय १८ पुगेको छ । कुल संक्रमित मध्ये २९ हजार ६ सय ८८ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै चार सय ६७ जना निको भएका छन् । दुई हजार नौं सय ८८ जनमा अझै कोरोना सक्रिय छ । जस मध्ये दुई हजार नौं सय ४७ जना होम आइसोलेसनमा छन् भने ४१ जना अस्पतालमा छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार राप्ती नगरपालिकाका संक्रमितको मृत्यु भएको हो । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार एस्अय ४२ पुगेको छ ।








