काठमाडौँ । कर्णाली प्रदेशमा आज थप २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा सुर्खेतका १३, दैलेखका ५ जना र मुगुका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कुल संक्रमितको संख्या एक हजार ५५० पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने १ हजार २९१ जना निको भएर घर फर्किएका छन् । आज मात्र १६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । २५३ जना आइसोलेशनमा उपचाररत छन् ।








