चितवन । चितवनमा आज पाँच सय भन्दा बढी संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ५८५ जना संक्रमणमुक्त भएका हुन् ।
हिजो (सोमबार) १०० जना संक्रमणमुक्त भएका थिए । यस सँगै जिल्लाभर संक्रमणमुक्त हुनेको संख्या ३० हजार ३७३ पुगेको छ । त्यस्तै आज जिल्लाभर थप ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ४७२ जनाको कोरोना परिक्षण गर्दा ३८ जनाको पिसिआर र १३ जनाको एन्टिजेनमार्फत संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर संक्रमितको संख्या ३२ हजार २३४ पुगेको छ ।
आज जिल्लाभर सक्रिय संक्रमित २ हजार ४१९ जना रहेका छन् । जसमध्ये २ हजार ३८२ जना होम आइसोलेसनमा रहेका छन् भने ३७ जना अस्पतालमा उपचाररत छन् ।








