• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्युठानका पोख्रेल ‘जो जनार्दन बने , मेडिकल कलेज र कम्पनीको मालिक बनेर करोडौँ ठगे ’

  •   मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कपिलवस्तु । कहिले माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) भन्दै र कहिले मेडिकल तथा साइन्स कलेज खोल्ने बहानामा करोडौं उठाएर फरार रहेका पेसेवार ठगलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न बहाना बनाई ठगी गरेको आरोपमा प्युठान जिल्ला तोरवाङ गाउँपालिका-६ घर भई हाल झिमरुक गाउँपालिका बस्ने ईश्वरीप्रसाद पोख्रेललाई सोमबार राति पक्राउ गरेको हो ।

    बागमती प्रदेश ०१-०२६ च ४००१ नम्बरको कार चेक जाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दान बहादुर कार्की बताए ।

    उनी सोमबार राति ८ बजेको प्रहरी चेकिङमा समातिएका थिए । पक्राउ परेका पोख्रेल पेसेवार ठग भएको प्रहरीले दाबी गरेको छ । उनले २०६९ सालमा माओवादी नेता जनार्दन शर्मा (प्रभाकर) बनेर साइन रेसुङ्गा बैङ्क केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई समेत ठगेका थिए । प्रहरीका अनुसार उनले पन्थलाई ७ लाख रुपैयाँ ठगी गरेका थिए ।

    प्रहरीका अनुसार २०६४/०६५ सालमा पौडेलले दाङ राप्ती गाउँ पालिका २ मा साइन्स कलेज स्थापना गर्ने र जागिर लगाइदिने नाममा १ करोड बढी रकम उठाएर फरार भएका थिए । यसै गरी कैलालीको धनगढीमा समेत मेडिकल कलेज खोल्ने नाममा स्थानीय व्यवसायी र सर्वसाधारणसँग लाखौं रकम उठाएर फरार भएको जनाइएको छ ।

    यस्तो छ उनको ठगीको श्रृंखला

    • २०६४/०६५ सालमा जिल्ला दाङ साविक लालमटिया गा.बि.स.हाल राप्ती गाउपालिका वडा नं.०२ मा साइन्स कलेज स्थापना गर्ने र सो मा जागिर लगाइदिने भनि बिभिन्न व्यक्तिहरूबाट अं.१,००,००,००० (एक करोड ) भन्दा बढी रुपैया उठाई ठगी फरार भएको भन्ने खुल्न आएको ।
    • २०६५ सालमा कैलाली जिल्लाको धनगढी स्थित मेडिकल कलेज खोल्ने र सोको लागि लगानी चाहिने भनि विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूलाई लाखौँ रकम ठगी गरी फरार भएको भन्ने खुल्न आएको ।
    • पर्सा जिल्लाको विरगञ्जमा देवेन्द्र कुमार कर्णले सञ्चालन गरेको Jagadamba sales trading Pvt. Ltd मा गई आफु Gaumukhi Feed Industries & Trade link Pvt.Ltdको सञ्चालक भएको भनि च्यानल गेट, एङगल तथा रडहरू रू.४७,००,०००।–(सडचालिस लाख) मा खरिद गरी सो वापत  Gaumukhi Feed Industries & Trade link Pvt.Ltdनामको माछापुच्छ्रे बैङकमा रहेको १००१५२४१०४८७८११२ खाता नं.को रकम नभएको चेक मिति २०७८।०३।१३ गते  दिई फरार भएको ।
    • गोयल कम्पनिको विक्रेता भैरहवाको शिद्धार्थ हार्डवेयरबाट मिति २०७८।१०।०५ गते रू.२३,००,०००।– (तेइस लाख) बराबरको हार्डवेयर सामग्री (पाईप,I-beam, Channel gate) आदि फ्याक्ट्री बनाउन लागेको छु भनि सामान लिई सो वापत  Gaumukhi Feed Industries & Trade link Pvt.Ltd नामको कृषि विकास बैङक लिमिटेड प्युठानको खाता नं.०९१९६०१९९५३१७०११ नं.को रकम नभएको चेक दिई फरार भएको ।
    • नेपाली सेनाको ठेकेदार हुँ भनि चितवन जिल्लाको टाडीमा सञ्चालित Rijal Food & Beverages Pvt.Ltd बाट मिति २०७८।०७।३० गते  Gaumukhi Feed Industries & Trade link Pvt.Ltd को नाममा दालमोट,भुजिया लगायत नमकिनजन्य सामानहरू खरिद गरी सो वापतको भुक्तानीको लागी माछापुच्छ्रे बैङकको रकम नभएको चेक दिई फरार भएको सो बापत कम्पनीले रु.२८,००,०००।– (अठ्ठाइस लाख) को क्षति बेहोरेको ।
    • नवलपरासी जिल्लामा रहेको समृद्धि स्टिल कम्पनीमा २५,००,०००। लाख बराबरको सामान दिई रकम नभएको चेक दिई फरार भएको ।
    • प्युठान सिमेन्ट कारखानाबाट रू.२०,००,०००।–बराबरको सामान लिई रकम नभएको चेक दिई फरार रहेको ।
    • गोल्छा अर्गनाईजेसनबाट रू.३०,००,०००।– बराबरको चामल चिउरा तथा फलामका सामाग्रीहरू लिई रकम नभएको चेक दिई फरार भएको ।
    • काठमाण्डौ जिल्लाको टेकुमा शिव प्रसाद थापाले सञ्चालन गरेको निर्मणी मेशिनरी सप्लायर्शबाट विभिन्न मेसिनरी सामानहरू लिई माछापुच्छ्रे बैङकको रु.१,२७,०००।–बराबरको रकम नभएकोको चेक दिई  फरार रहेको ।

    यस भन्दा पहिले दर्ता भएका मुद्धाहरू 

    • ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मिति २०५७।०६।०१ गते स्थानिय जनतालाई डर त्रासको वाताबरण सृजना गरेको हुनाले सार्वजनिक ऐन अन्तर्गतको मुद्धा दर्ता भएको  ।
    • ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा २०६९।०९।१६ गते तत्कालिन साइन डेभलेपमेन्ट बैङकको केन्द्रिय कार्यलयका लेखा प्रमुख भुवन पन्थलाई फोन गरी म माओबादी नेता जनार्दन शर्मा प्रभाकर हुँ भनि कामको शिलशिलामा १ /२ घण्टाको लागि रकम आवश्यक परेको भन्दै नविल बैङकको नक्कली खाता नं.१३१००११७५१३४२ पिडितलाई दिई रु.७,००,०००।– (सात लाख) ठगी गरेको हुनाले ठगी मुद्धा दर्ता  भई अनुसन्धान पश्चात जेल चलान भएको।
    • महानगरीय प्रहरी परिसर काठमाण्डौमा २०७३।०८।०७ गते राष्ट्रिय अनुसन्धान बिभागमा जागिर लगाइदिन्छु भनि रू.१,५०,०००।-  ठगि गरेको हुनालेमुद्धा दर्ता  भई अनुसन्धान भएको ।
    • महानगरीय प्रहरी परिसर काठमाण्डौमा मिति २०७८।०९।०७ गते आफ्नो बैङक खातामा नभएको रकम रु. ५०,००,०००।– (पचास लाख) को चेक काटी दिएकोमा उक्त रकम बैङकमा लिन जाँद चेक बाउन्स भए पश्चात बैङकिङ कसुरमा मुद्धा दर्ता भई अनुसन्धान भएको  ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.