• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

कोरोना भाइरसको त्रास : आन्तरिक उडानको क्षेत्रमा प्रभाव

  •   बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितबन ।    विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको त्रासले भरतपुरको आन्तरिक उडान प्रभावित भएको छ । हवाई मार्ग हुँदै विभिन्न देशका पर्यटक आगमन हुने भएकाले भरतपुर पनि भाइरसको उच्च जोखिममा छ । सोही कारण सार्वजनिक भएसगै प्रत्यक्ष असर आन्तरिक उडानमा समेत देखा पर्न थालेको छ । विगतका वर्षमा पर्यटकीय सिजनमा अत्यधिक यात्रुको चाप हुने गरे पनि यस वर्ष हवाई यात्रुको चाप आधाभन्दा बढीले घटेको भरतपुर विमानस्थल कार्यालयले जनकारी दिएक‍ो छ । कोरोनाकै कारण सरकारले घोषणा गरेको भ्रमण वर्ष स्थगित हुनु, अन्तरराष्ट्रिय उडान कटौती हुनु, सिजनमा पर्यटकको चहलपहल कम हुनु लगायतले हवाई क्षेत्रमा असर परेको बताइएको छ । भरतपुर विमानस्थलमा पनि दैनिक रूपमा यात्रुको चाप कम हुँदै गएको कार्यालयले जानकारी दिएको छ । कोरोनाको त्रासले विदेशी यात्री घटेपछि विमानस्थललाई पनि आर्थिक नोक्सानी हुन्छ, यो समयमा हाम्रो मुख्य आम्दानी नै नेपाल घुम्न आउने पर्यटन हो, यसका यात्री घटेपछि स्वाभाविक रुपमा आम्दानी घट्छ”, उनले बताए ।ठूलो सङ्ख्यामा उडान भइरहे पनि यात्रुको सङ्ख्या ह्वात्तै घटेको छ । यसले विमानस्थलको विजिनेसलाई समेत नराम्रो असर पारेको उनको भनाइ छ ।
      यस्तै यति एयरलाइन्स, भरतपुरका प्रबन्धक अनुप ढकाल अन्तरराष्ट्रिय रूपमै कोरोना भाइरसका कारण उडान गतिविधि कम भएसँगै यसको असर आन्तिरक उडानमा समेत परेको बताउँछन् । ‘यति बेला विदेशी पर्यटकको चाप अध्यधिक हुने बेला हो,’ उनले भने, ‘अहिले नेपाली यात्रु पनि घटेका छन् ।’अहिले उडानमा झण्डै ५० प्रतिशत विदेशी यात्रु घटेको उनले जनाएका छन् । यात्रु घटेसँगै उडान कटौती गर्न शुरू गरिएको उनले बताए । यात्रु घटेपछि विमानस्थलको आर्थिक आम्दानीमा पनि गिरावट आउने आङ्कलन गरिएको उनले बताए ।  उनका अनुसार यसको असर तुरुन्तै देखा नपरे पनि दीर्घकालीन रूपमा देखा पर्नेछ । यात्रु पर्याप्त नभएपछि यति एयरलाइन्सले भरतपुर–पोखरा–भरतपुर उडान यसअघि नै स्थगित गरिसकेको छ ।

    त्यस्तै बुद्ध एयर, भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले यात्रुको चाप  घट्दै गएको बताए । ‘अहिलेसम्म त उडान कटौती त गर्नुपरेको छैन । कहिलेकाँही भने मर्ज गरेर चलाउने गर्छाैं,’ उनले भने, ‘यात्रुको चाप हेरेर उडान संख्या घट्न सक्छ ।’ यात्रुको चापअनुसार हाल दैनिक चार÷पाँचओटा उडान हुँदै आए पनि अब भने यात्रुको चाप हेरेर उडान थपघट हुने उनको भनाइ छ । मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको तथा ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको उनको भनाइ छ ।
    यस्तै यात्रु घट्दै गए पनि उडान भने कम नभएको दाबी गर्छन् विमानास्थलका प्रमुख पवनकुमार गौतम । ‘यात्रुको चाप त कम हँुदै गएको छ,’ उनले भने, ‘फ्लाइट मुभमेन्ट भने हालसम्म कम भएको छैन ।’ विदेशी यात्रु कम हुनु, राष्ट्रिय तथा स्थानीय स्तरका सभासम्मेलन लगायतका कार्यक्रम स्थगित हुनु हवाई यात्रुको संख्यामा कमी आउनुको प्रमुख कारण भएको उनको भनाइ छ । यसको प्रत्यक्ष असर हवाई क्षेत्रमा परेकोे उनले बताए । कोरानाका कारण पर्यटन क्षेत्रसँग सम्बद्ध हवाई उडानमा सबैभन्दा बढी असर परेको पर्यटनविद् विश्व सुवेदीले बताए । ‘सबैभन्दा संवेदनशील विषय नै स्वास्थ्य रह्यो,’ उनले भने, ‘सरकारले अत्यावश्यक कामबाहेक भीडभाड क्षेत्रमा नजानु भनेका कारण यो क्षेत्रमा प्रत्यक्ष असर परेको हो ।’ भरतपुर विमानास्थलका अनुसार जनवरीमा कुल ५५४ पटक उडान अवतरण भएको थियो भने फेब्रुअरीमा यो घटेर ४९८ पटक उडान अवतरण भएको थियो । मार्चमा यो संख्या झन् घट्दै गएको विमानस्थलको भनाइ छ । नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन तर पनि विशेष सजकता अपनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुक भनेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.