चितवन । चितवनमा आज कोरोना भाईरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनको रिपोर्ट अनुसार पछील्लो चौबिस घण्टामा १ जनाको मृत्यु भएको हो ।
यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४७ पुगेको छ । त्यस्तै पछील्लो चौबिस घण्टामा जिल्लामा २३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्ला कोरोना संक्रमितको संख्या ३३ हजार ४२१ पुगेको छ ।
चितवनमा आज ३२३ जना कोरोना मुक्त भएका छन् यो संगै चितवनमा कोरोनामुक्त हुनेको संख्या ३२ हजार २३ पुगेको छ । चितवनमा पछील्ला दिनहरुमा सकृय संक्रमितको संख्या पनि घट्दै गएको छ ।
आज दिउसो सम्ममा जिल्लामा सकृय संक्रमितको संख्या १२५२ रहेको छ । जसमध्य १२२४ जना होम आईसोलेसनमा छन् भने २५ जना अस्पतालमा रहेका छन् ।








