बुटवल । रुपन्देहीको लुम्बनी सांस्कृतिक नगरपालिकामा ट्रकको ठक्करबाट एक पदैलयात्रीको मृत्यु भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ महदेवामा लु १ ख ७७७० नम्बरको मिनि ट्रकले स्थानीय पैदलयात्री वर्ष ८ को शिव लोधलाइ ठक्कर दिँदा मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाईते भएका लोधको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मिनी ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।








