काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार)को मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहि थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार राती देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।








