• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

महानगरमा कोरोनाको संक्रमणबाट रोक्न आवश्यक तयारी, सबैलाई सजग हुन प्रमुख: दाहालको आग्रह

  •   शुक्रबार, फागुन ३०, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोबिड १९) को संक्रमण हुन नदिन भरतपुर महानगरपालिकाले आवश्क तयारीलाई तीब्रता दिएको छ ।

    शुक्रबार भरतपुर महानगरपालिकामा आयोजित कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले कोरोना भाइरसको सम्भावित संक्रमण हुन नदिन आवश्यक सम्पूर्ण तयारी थालिएको बताउनुभयो । प्रमुख दाहालले हालसम्म कोरनाको संक्रमण नदेखिएको अवस्था सुखद भएको भन्दै यसबाट जेगिन अपनाउनुपर्ने उपायहरू कडाइका साथ लागू गरिने र हुनसक्ने सम्भावित संक्रमणबाट जोगिन आइसोलेसन सेन्टरहरू स्थापना गरिने बताउनुभयो ।

    प्रमुख दाहालले भरतपुर आस्पतालमा १९ सैयाको छुट्टै आइसोलेसन सेन्टर निर्माण गरिएको र अन्य निजी तथा सरकारी अस्पतालहरूमा पनि सोही बमोजिमको व्यवस्था गरी तयारी अवस्थामा रहन निर्देसन गरिएको बताउनुभयो ।

    कोरनाको संक्रमण हुन नदिन भरतपुर महानगरपालिकाले बढी भिडभाड हुने मेला महोत्सव, वर्षिक उत्सवजस्ता कार्यक्रमहरूलाई रोक लगाइसकेको जानकारी गराउँदै आम नगरबासीलाई अनावश्क हिँडडुल नगर्न भिडभाडमा नजान प्रमुख दाहालले आग्रह गरेको बताउनुभयो । मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग र व्यक्तिगत सरसफाइलाई बिशेष जोड दिँदै जनचेतनामूलक गतिविधिहरु संचालन गरिरहेको उहाँको भनाई थियो ।

    कोरोना भाइरस संक्रमणविरूद्द लड्नु सबैको सामूहिक दायित्व रहेको बताउँदै यसबाट आतंकित नभई सम्यम भएर सावधानी अपनाउन प्रमुख दाहालले महानगरवासीहरूलाई आग्रह गर्नुभयो । हालसम्म कुनै संक्रमण देखिएको छैन यही अवस्थालाई कायम राख्दै अघि बढ्न सम्पूर्ण सरोकारवाला निकायलाई निर्देशन दिँदै प्रमुख दाहालले प्रतिकुल अवस्थाको सामना गर्न पनि आवश्यक तयारीका लागि महानगरपालिका पछाडि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, बीपी कोइराला मेमोरियल केयान्सर अस्पतालका कार्यकारी निर्देसक डा बिजय आचार्य, डा दयारम लम्साल, उद्योग संघका अध्यक्ष राजु पौडेललगायतले सम्भाबित कोरोना भाइरसको संक्रमणबाट जोगिन सबैले सामुहिक प्रयास गरेर अगाडि बढ्न आग्रह गरेका थिए ।

    कार्यक्रममा वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले कोरोना भाइरसबाट जोगिन सजग भयर सामना गर्नुपर्ने बताउनुभयो । डा अधिकारिले यसको खास औषधी र उपचार बिधी ऐकिन नभइसकेको भन्दै यसलाई लाग्नै नदिने बिधीहरू अपनाउनुपर्ने बताउनुभयो । कोरोना भाइरसको लक्षणहरूका बारेमा जानकारी दिँदै यसबाट जोगिन नियमित ब्यक्तिगत सरसफाइ, नियमित स्वास्थ्य परीक्षण, भिडभाडमा ननिस्कने, मास्क तथा सेनिटाइजेसनको अनिवार्य प्रयोग जस्ता पूर्ब सजगताका बिधीहरू अवलम्बन गर्दै अगाडि बढ्न डा अधिकारिले आग्रह गर्नुभयो ।

    नेपालमा हालसम्म कोरनाको संक्रमण नदेखिनु सुखद पक्ष भय पनि नेपाल उच्च जोखिम क्षेत्रमा पर्ने बिश्व स्वास्थ्य संगठनले ठहर गरेसँगै हामीले पनि सोही बमोजिम सम्भावित संक्रमणलाई रोक्न र नियन्त्रण गर्न आवस्यक तयारी गरी चुस्त अवस्थामा रहनुपर्ने बताउनुभयो । यसैबीच भरतपुर महानगरपालिकाले चैत्र ५ गतेदेखि अर्को सूचना नभएसम्मका लागि महानगरपालिका भित्रका बिद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले बढी भिडभाड हुने मल, सिनेमा हलहरूलाइ केही समयका लागि बन्द गर्नुका साथै मेला महोत्सब ठूला सभा सम्मेलन, भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसको अवस्था हेरी अन्य आवश्यक निर्णयहरू लिँदै जाने महानगरपालिकाले जनाएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.