• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महोत्तरी प्रकरण : श्रीमानले साथीहरुसँग मिलेर गरे हत्या

  •   आइतबार, फागुन ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी ।  महोत्तरीको सागरनाथ जंगलभित्र मृत अवस्थामा फेला परेकी महिलाको हत्या गरी फालिएको पाइएको छ । हत्यामा सग्लन भएको आरोपमा मृतकका श्रीमान अजय महतो कोइरी र उनका सहयोगी प्रमोद राउतलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

    ५ दिन अगाडी गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजार जाने बाटोमा रेल्वे लिकभन्दा ५ सय मिटर अगाडी पहिचान खुल्न नसकेकी  मृत महिला भारतको सितामाढीकी राधा भनिने अपसना खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    कसरी हत्या भयो ?

    मृतक राधा भनिने अपसना खातुन सर्लाहीमा ज्याला मजदुरी गर्ने गर्थिन् । यसैक्रममा २ बर्ष अगाडि पेटी ठेक्कापट्टा गर्ने अजय तिवारीसग भेट भयो ।

    अजय र राधाको नजिकपना बढ्दै गएपछी उनीहरुको समबन्ध प्रेमसम्बन्धमा रुपान्तरण भयो । उनीहरुले प्रेमसमबन्धलाई २ बर्ष अगाडीमात्र विवाहमा परिणत गराएका थिए ।

    राधाको अजयसग दोश्रो बिवाह हो । २ बर्ष अगाडि नै राधाको पहिलो श्रीमानसँग सम्बन्ध बिग्रिएपछी उनी तनावमा थिइन् । सोही समयमा अजयसँगको भेट भएको थियो ।

    उनका पहिलो श्रीमानको घर भारतको उत्तर प्रदेशमा हो ।

    पहिलो श्रीमानबाट राधाका दुई छोरा छन् । दुई छोराहरुको पालन पोषणको सर्तमा हत्या आरोपित दोश्रो श्रीमान अजय साहले दुई वर्ष अगाडि विवाह गरे । नेपालमा बसेर काम गरेपनि अजय र मृतक राधाको माइती भारतको सितामाढी नै हो ।

    अजयले प्रहरीलाई दिएको बयान अनुसार राधाले अजयलाइ उनको घर भारतको बिहार प्रदेशस्थित सितामाढी लैजान निक्कै कर गरिन् ।

    अजयले राधालाई घर लिएर गए । तर उनीहरुको सम्बन्धलाई परिवार र समाजले स्वीकार गरेन । त्यसपछि उनीहरु पुन;  जब सर्लाही नै फर्किए ।

    सर्लाहीस्थित मलङगवामा कोठा भाडामा लिएर बसेका उनीहरुको दैनिक जेनतेन चलिरहेको थियो। राधाले श्रीमान् अजयलाई कोट म्यारिज गर्न, अधिकार दिन दबाब दिइन् ।

    अजयले प्रहरीलाई दिएको बयानअनुसार आर्थिक कारोबारमा समेत राधाले बिस्तारै अजयलाइ तनाब दिन थालिन् ।
    तुरुन्त अधिकार नदिलाए जवर्जस्त करणीको मुद्दामा फसाउने समेत धम्की दिएपछी अजयले त्यो तनाव झेल्न नै सकेनन ।

    कसरी भयो हत्याको योजना ?

    अजयको अनुसार ७ महिनाको गर्भवती समेत रहेकी राधाले निक्कै तनाव दिएपछि उनले उक्त पीडा आफ्ना साथीभाइलाई पनि भने ।

    साथीभाई कै योजनामा अजयले भित्रभित्रै राधालाई जीवनवाट नै पन्छाउने योजना बुन्दै गए । लामो छलफलपछी अजयका साथी प्रमोद राउत र सँगै काम गर्ने एक जनाले हत्याको योजना बताए । प्रमोदले महोत्तरीको सागरनाथ जंगलमा लैजाने र त्यही हत्या गर्ने सुझाएपछी अजय र उनका सहयोगी पनि तयार भए ।

    २ फाल्गुनमा मेला हेर्न महोत्तरीको गौशालामा जाने भनेर सुनाएपछी राधा पनि निक्कै खुसी भइन् ।  श्रीमान अजय महतोले पहिलो आफूसँग विवाह गरे आउनु अघिका २ छोराहरुलाई पनि सँगै लिएर गए । साथमा प्रमोद राउत र अजयका अर्का एक जना सहयोगी पुरुष पछि-पछि थिए ।

    उनीहरुले महिलालाई सागरनाथ जंगलको रेल्वे ट्र्याकमा लगेर सलले घाटीमा तीन फन्को बाँधे । दुवै जनाले राधालाई समाएर कन्चट र छातीमा लात्ता हाने ।  त्यसपछी पेटमा लाताले हानेर हत्या गरेपछि उनीहरुले रेल्वे ट्र्याकवाट २ सय मिटर अगाडि ल्याएर शव छाडेर भागे ।

    अभियुक्त कसरी पक्राउ परे ?

    महिलाको घाटीमा निलडाम र शरीरका विभिन्न भागहरुमा चोटपटक देखेपछि प्रहरी घटनाको अवस्था हेर्दै हत्या नै भएको निष्कर्षमा पुगेको थियो ।

    अझ २ फाल्गुनमा बेवारिसे अवस्थामा गौशालामा नै फेला परेका दुई बच्चा प्रहरीलाई अनुसन्धान गर्न निक्कै सहज बन्यो । दुई बच्चा मध्य एउटा बच्चालाई बुवाको नाम सोधपुछ गर्दा अजय बताएपछी प्रहरीले त्यसलाई पनि आधार बनायो ।

    प्रारम्भिक अनुसन्धानमा आएका हरेक प्रमाणहरुलाई आधार बनाएर महोत्तरीको प्रहरीमात्र हैन सर्लाही र भारतमा समेत प्रहरीले निगरानी बढायो ।
    इलाका प्रहरी गौशाला, जिल्लाको अनुसन्धान बिभाग र प्रदेशका प्रहरीले घटनालाइृ सुक्ष्म अध्ययन गरेपछि प्रहरीको आशंका श्रीमान तर्फ मोडियो ।

    त्यस्को ५ दिनपछी भारतीय प्रहरीको सहयोग नेपाल प्रहरीले हत्याको आरोपित अजय महतो र प्रमोद राउतलाइ भारतको  सितामाढीबाट पक्राउ गरेको छ भने हत्यामा संलग्न एक जना अझै फरार छन् ।

    मंगलवार बेलुका महोत्तरीको गौशाला-११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा वेवारिसे अवस्थामा फेला परेका २ जना बालक मृतक महिलाको नै भएको पुष्टि भएको छ ।

    उनीहरु महिलाको पहिलो पतिबाट जन्मिएका र उनीहरुलाई अभिभावकको जिम्मा लागाउने प्रहरीले तयारी गरेको छ ।

    उनीहरुलाइ महिलासँगै ल्याएको भएपनि हत्या गर्ने योजना नभएको हत्या आरोपित अजय साहले प्रहरीको बयानमा भनेका छन् ।

    अहिले बच्चाहरु स्थानीय दिनेश महतोको आश्रयमा छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.