• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘जनजातिहरुको सिनेमालाई राज्यले प्रोत्साहन गर्दैन’ – निर्देशक/निर्माता घिसिङ

  •   शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विश्व नै कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको छ । नेपाल पनि कोरोना भाइरसको चपेटामा परिरहेको छ । यस विषम घडीमा हरेक क्षेत्र प्रभावित भएको छ । सबै क्षेत्र मध्ये सिनेमा क्षेत्रलाई झनै नराम्ररी असर पारेको हामी सबैलाई सर्वविदितै छ । सरकारले पनि मनोरंजनभित्र पर्ने सिने क्षेत्रलाई ६ महिना यता केही सोचेको छैन । यसले सिनेमा क्षेत्रलाई पारेको प्रभाव र यसले अब सिने क्षेत्र कुन दिशातर्फ जाँदैछ र भावी दिनहरुमा कस्तो मोड लिँदैछ भन्ने आदि विषयमा आधारित रही न्यूजप्रवाह डटकमका प्रधान सम्पादक बबिलाल तामाङले भरतपुर २४, जगतपुर निवासी चलचित्र निर्देशक तथा निर्माता सन्तलाल घिसिङसँग गरिएको भलाकुसारी :-

    १) तपाईको पूरा परिचय दिनुस न ।
    मेरो नाम सन्तलाल घिसिङ, घर भरतपुर महानगरपालिका २४, जगतपुर, चितवन हो । मेरो पेशा भनेको सिनेमा निर्देशन र निर्माण सम्बन्धी हो र म तामाङ फिल्म एशोसियसनको संस्थापक अध्यक्ष हुँ । साथै राजनीतिमा पनि लगाव छ ।

    २) तपाईले हालसम्म कति वटा फिल्म निर्देशन गर्नुभयो ? के के हुन् र उत्कृष्ट कुन रह्यो ?
    — हालसम्म दर्जनौ तामाङ भाषाको चलचित्र निर्देशन÷निर्माण गरी सकेको छु । ती मध्ये ‘जालमाया’, ‘येला माया’, ‘दुङाल’, ‘माया छो’, ‘थारेङ थारेङ’, ‘खसु’, ‘लानी’, ‘च्याङ्बा’ अरु थुप्रै छन् । सबै उत्कृष्ट लाग्छ । मैले भन्ने भन्दा पनि दर्शकहरुले नै यसको मूल्याकंन गर्नुहुनेछ । म उहाँहरुकै हातमा सुम्पिन ठीक सम्झन्छु ।

    ३) तामाङ भाषाको सिनेमा बनाउनु हुन्छ, यसले तामाङ समुदायमा कस्तो किसिमको सन्देश जाने किसिमको बनाउनु हुन्छ ?
    — हो निश्चय नै मैले तामाङ भाषाको फिल्म बढी निर्देशन तथा निर्माण गरेको छु । म एउटा तामाङ समुदायको मानिस भएकाले मैले आफ्नो जातित्वलाई प्रोत्साहन गर्नु आवश्यक छ । सो मेरो कर्तव्य पनि मैले आफ्नो समुदायको केही गर्नु पर्छ भन्ने हो । र मैले सिनेमा निर्देशन तथा निर्माण गर्ने क्रममा बढी तामाङ समुदायको सबैभन्दा ठूलो भाषा, संस्कार, सस्कृति अनि साँस्कृतिक, सामाजिक झल्कने किसिमको विषयवस्तुलाई प्राथमिकतालाई अगाडि राखेर काम गर्ने गरेको छु । मैले जहिले पनि समाज, तामाङ समुदायमा सकारात्मक र आफ्नो भाषा, संस्कृति, भेषभूषालाई लोप हुनबाट बचाउने किसिमको सन्देश दिएर अगाडि बढिरहेको छु ।

    ४) हाल कुनै सिनेमा तयारी गर्दै हुनुहुन्छ कि ? छ भने दर्शकको लागि कस्तो किसिमको सन्देशमूलक बन्नेछ ?
    — हाल सिनेमा निर्माण तयारीमै छु । कोरोना भाइरस तथा लकडाउन पश्चात निर्माण गरिनेछ । अहिले ‘जिन्जी ताम’ (भाषा सकेको) निर्माण कार्य भइरहेको छ । लकडाउनले गर्दा अहिले स्थगन गर्नु परेको अवस्था छ । लकडाउन खुले लगत्तै सुरु गर्ने योजनामा छौं । यस सिनेमाले तामाङ समुदायको भाषा विषयलाई लिएर निर्माण गर्दैछु । हाम्रो तामाङ समुदायमा नयाँ पिडीमा भाषाको ज्ञानको अभाव हुँदै गइरहेको छ । यस सिनेमा मार्फत भाषा सम्बन्धी ज्ञान र सन्देश दिने जमर्को गरेको छु । दर्शक लगायत तामाङ समुदायमा यो अति जरुरी भइसकेको छ । यस चलचित्रले नयाँ पिडीको लागि सकारात्मक सन्देश बोकको छ तामाङ समुदायको लागि ।

    ५) देश अहिले कोरोना भाइरसको विषम परिस्थितिबाट गुज्रिरहेको छ तपाईको फिल्म क्षेत्रलाई कति प्रभावित बनाएको छ ?
    — कोरोना भाइरसका कारण देशमा आर्थिक संकट छाइसकेको छ । कोरोना भाइरस तथा लकडाउनले सबै क्षेत्र मध्ये सिनेमा क्षेत्रलाई झनै नराम्ररी प्रभावित बनाएको छ । फिल्म हल र कलाकारहरुको कन्त विजोग भैसक्यो । जहाँसम्म लाग्छ अब सिनेमा नगरी एकाध वर्षको लागि विस्थापित नै हुनेछ । अब सिनेमाहरु छिट्टै निर्माण हुने कुनै लक्षण नै देखिदैँन । त्यसैगरी हलवालाहरु पूरै घाटामा गइसकेको अवस्था छ । अब हामी कलाकारहरुले पनि विकल्प सोच्नु पर्ने अवस्था आइसकेको छ ।

    ६) राज्यले लकडाउन यदि लकडाउन खुल्ला गरे पनि सिनेमा चल्ने छाँटकाँट देखिदैँन अब यसको लागि के तयारी गर्नु भएको छ ?
    — राज्यले लकडाउन खुल्ला गरे पनि सिनेमा चल्ने वातावरण अब हुँदैन । अब एउटै विकल्प अनलाइन एप्स पोर्टलबाट मात्र सम्भव देख्छु । तर यसले झन् फिल्म हललाई पूरै माइनास गराउने देखेको छु । अब सिनेमा निर्माण भएको खण्डमा पनि एप्स पोर्टलबाट नै रिलिज गर्ने र त्यसैबाट संचालन गर्नुपर्ने हुन्छ । अबको तयारी सायद यो नै हुनेछ । अरु विकल्प देखेको छैन ।

    ७) तपाई आफ्नो जाति, र भाषाको लागि निकै लागू पर्नु भएको छ, पछिल्लो समयमा नयाँ पिडीले आफ्नो संस्कृति बिर्सदैँ गएको देखिन्छ, यसमा तपाई के भन्न चाहनुहुन्छ र के छ यसको उपाय ?
    — एकदमै सही कुरा गर्नुभयो । हामी तामाङ समुदायमा नयाँ पिडीले आफ्नो संस्कृति बिर्सदैँ गएको देखिन्छ यो सत्य हो । र यसको लागि हामीले नयाँ पिडीलाई झक्झक्याउनुको विकल्प छैन । यसको लागि हामीले सिनेमा मार्पmत पनि सन्देश दिने जमर्को गरेका छौं । भाषा सम्बन्धी थुप्रै तामाङ चलचित्र बनिसकेको छ । मैले पनि हालै निर्माणाधिन चलचित्र यसै विषयमा आधारित रहेर निर्माण गर्दैछु । जसले गर्दा हाम्रो हामीले नयाँ पिडीको लागि भाषा, संस्कृति जगेर्ना गर्ने कार्यमा थोरै भएपनि जोड दिन्छ भन्ने लाग्दछ । अबको नयाँ पिडीले पनि आफ्नो भाषा सिक्नु पर्छ र आफ्नो पहिचानलाई बुझन जरुरी छ ।

    ८) चलचित्रबाटै तामाङ भाषा, लिपिबाट ज्ञानबद्र्धक हुने किसिमको सिनेमा बनाउन सकिदैँन ?
    — सकिन्छ, यसअघि पनि यस्ता किसिमका चलचित्र निर्माण भइसकेका छन् । हाल निर्माणाधिन अवस्थामा रहेको मेरो चलचित्र ‘जिन्जी ताम’ पनि तामाङ भाषा र लिपिबाट बनेको छ । भविष्यमा पनि मेरो जोड जमर्को नै तामाङ भाषा र लिपिको लागि समर्पित भएर तामाङ सिनेमा निर्माण गर्ने लक्ष्य रहेको छ जसले गर्दा हामी तामाङ समुदायको भाषा र लिपि लोप हुनबाट थोरै भएपनि जोगाउन जोडबल पुग्नेछ ।

    ९) राज्यले सिनेमा क्षेत्रलाई ६ महिना यता संचालनमा बन्देज लगाएको छ । यसमा के भन्नुहुन्छ ।
    — विश्व नै कोरोना भाइरसको महामारीमा छ । नेपाल पनि कोरोना भाइरसको चपेटामा परिरहेको यो घडीमा सरकारले कोरोना भाइरस रोकथामका लागि भन्दै लकडाउन गरेको अवस्था छ । यसमा पनि मनोरंजनभित्र पर्ने सिनेमा क्षेत्रलाई सरकारले ६ महिनाको लागि बन्देज नै लगाएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै लकडाउन जरुरी नै हो । मलाई लाग्छ अहिले सिनेमा भन्दा मानव जगत नै ठूलो कुरो हो । यसलाई बचाउन हामी तरहबाट लागि पर्ने अवस्था छ । यसको लागि हामीलाई सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गर्नुपर्नेछ । राज्यले गरेको लकडाउनलाई मेरो पूर्ण समर्थन छ । र भोलिका दिन सहज भएपछि पक्कै पनि तपाई हामीले केही गर्न सक्छौं । अहिलेको अवस्थामा हामी सबै सुरक्षित रहने नै हो ।

    १०) राज्यले तामाङ भाषाको सिनेमालाई के कति प्रोत्साहन गरेको छ ? छैन भने किन, कति कारणले ?
    — राज्यले तामाङ भाषाको सिनेमालाई मात्र होइन सिङगो आदिवासी जनजातिहरुको सिनेमालाई प्रोत्साहन गरेको पाइँदैन । जनजातिहरुको हकको विषयमा राज्य जहिले विमुख नै छ । नेपालमा सदियौंदेखि नै जनजातिहरु प्रताडित भएको पाइन्छ । जुनसुकै क्षेत्रमा हामीलाई उपेक्षा गरेको धेरै उदाहरणहरु छन् । त्यसमा पनि हामी तामाङ सिनेमा क्षेत्रका कलाकारहरु झनै पीडित छन् । अरु सिनेमाको तुलनामा हाम्रो सिनेमालाई स्थान कहिँ कतै दिइएको पाइँदैन । सिनेमा घरहरुमा प्रदर्शन गर्न पनि ठाउँ पाइँदैन । हामीले सिनेमा त निर्माण गर्दछौं तर हल अभावले गर्दा हाम्रो लगानी, मेहनत लगायत कलाकारको कलाकारिताको कुनै मूल्य नै हुँदैन । एकदमै कठिन परिस्थितिबाट हामी तामाङ सिनेमा चलचित्रकर्मी गुज्रिरहेका छौं ।

    ११) राज्यबाट तपाई जस्ता सिनेकर्मीहरुले के आशा राख्नु हुन्छ ?
    — राज्यबाट त्यस्तो केही सहयोग पाइएको छैन हालसम्म । राज्यबाट हामी तामाङ समुदाय मात्र नभई सम्पूर्ण जनजातिलाई हेरिनु पर्छ । त्यसमा हामी तामाङ सिनेकर्मीहरु अत्यन्तै मारमा छौं । हामीसँग कला छ, हिम्मत छ, देशको लागि केही गर्छु आत्मविश्वास छ । राज्यले आगामी दिनमा हामी तामाङ सिनेकर्मीहरु लगायत हामीले निर्माण गरेको सिनेमालाई स्थान दिइनु पर्छ र तामाङ सिनेकर्मीहरुलाई विशेष प्याकेजको व्यवस्था गरिनु पर्छ भन्ने हाम्रो माग पनि हो ।

    १२) अन्तमा मैले भन्न छुटाएको केही भए र तपाईलाई लागेको केही छ भने भन्न सक्नुहुन्छ ?
    – सर्वप्रथम त तपाई लगायत न्यूजप्रवाह डटकम परिवारलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । मेरो आवाजलाई प्रत्येक पाठक तथा शुभेच्छुकहरु माझ पु¥याई सहयोग गरी दिनुभयो । मेरो मनमा गुम्सिएका हरेक कुरालाई पस्कने ठाउँ दिनुभयो । म यसको लागि धेरैधेरै आभारी छु । र सम्पूर्ण पाठक, शुभेच्छुक महानुभावहरु, मेरा फ्यानहरु लगायत सबैमा म सन्तलाल घिसिङको हृदयदेखि आभार व्यक्त गर्दै नमस्कार भन्न चाहन्छु ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.