• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आइकाओको स्वकिृति लिने तयारीमा गौतमबुद्ध विमानस्थल, विभिन्न हवाई कम्पनीले देखाए उडान सञ्चालनमा चासो

  •   शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अव छिटै नै परीक्षण उडान पश्चात नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सर्टिफिकेशन सकेर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा रहेको छ । फागुन १५ सम्म हुने क्यालिब्रेशन फ्लाईटपछि परीक्षण उडान हुने र त्यसपश्चात आइकाओको सर्टिफिकेट लिने प्रक्रिया अगाडि बढ्ने छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि यो मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालनमा आउने छ । काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल छ दशकअघिबाटै अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालनमा रहेको छ । नेपालमा तीन दशक अगाडिबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अर्को अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता रहेको अन्यथा काठमाडौंको विमानस्थलले मात्रै नेपालको हवाई चाप धान्न नसक्ने भनेर सिफारिश गरिएको थियो ।

    अव भने त्रिभुवन विमानस्थलपछि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा पुगेको छ । यस विमानस्थलबाट पाँच घण्टा बढीको हवाई उडान अवधि रहने ठाउँहरुमा पनि सेवा दिन सकिने विमानस्थलले जनाएको छ ।

    हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणहरु जडान र क्यालिब्रेशन फ्लाईटको ठेक्का पाएको एरोनोटिकल रेडियो अफ थाईल्याण्ड (एरो थाई) को विशेष विमानले परीक्षण उडानको कामहरु गरिरहेको छ । यान्त्रिक परीक्षण उडान पश्चात नेपाल वायुसेवा निगमको एअरबस ए ३३० जहाजबाट परीक्षण उडान गर्ने, त्यससँगसँगै आइकाओको सर्टिफिकेशन सकेर यस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने तयारी थालिएको छ ।

    यस विमानस्थलबाट हवाई सेवा सञ्चालनका लागि एअर स्पेश, रुट डिजाइन, फ्लाईट प्रोसिडियोर लगायतका सबै तयारी पूरा भएको विमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए । त्यस्तै विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय सेवा प्रदायक हवाई कम्पनीहरुले पनि यहाँबाट आफ्नो सेवा सञ्चालनका लागि तयारी थालेका छन् ।

    विमानस्थल प्रशासनका अनुसार पछिल्लो समय यो विमानस्थलबाट कतार एअरवेज, फ्लाईट दुवई, श्रीलंकन एअरवेज, म्यानमार एअरवेज लगायतका विभिन्न विमान कम्पनीहरुले आफ्नो सेवा सञ्चालन गर्न चासो देखाइरहेका छन् भने विमानस्थल आयोजनाले थाईल्याण्ड, भारत, अष्ट्रेलिया लगायतका देशहरुसँग पनि यस विमानस्थलमा त्यस देशका विमान कम्पनीहरुको सेवा सञ्चालनका लागि पत्राचार गरेको छ । यो विमानस्थल फोर इ क्याटगोरीको भएकाले यहाँबाट बोइङ ७७७२००, एअरबस ए ३३० ३०० प्रकारका जहाजहरुले पनि सेवा दिन सक्नेछन् र पाँच घण्टा बढीको उडान अवधिमा पनि यहाँबाट सिधै उडान भर्न सकिने छ । अर्थात भैरहवाबाट सिधै जापान, अष्ट्रेलियादेखि युरोप, अमेरिकासम्म उडान गर्न सकिने छ ।

    इन्स्टुमेन्टल ल्याण्डिङ सिस्टम र उच्चस्तरका प्राविधिक मेशिनहरु जडित फोर इ क्याटगोरीको यो विमानस्थलबाट प्रतिकुल मौसममा पनि लामो दूरिका मध्यममा ठूला जहाजहरुले उडान तथा अवतरण गर्न सक्नेछन् । यस विमानस्थल निर्माणका लागि आइसिवी–१ अन्तर्गत छ अर्व ८२ करोड, आइसिवी–२ अन्तर्गत ५० करोड र विमानस्थल बिस्तारका लागि जग्गा अधिग्रहण गर्न मुआव्जा वितरणमा २२ अर्व ४० करोड गरी कुल ३० अर्व लागेको छ ।

    यस विमानस्थलमा तीन हजार मिटरको धावन मार्ग, ट्याक्सी वे, पाँचवटा जहाज क्षमताको पार्किङ वे, टर्मिनल बिल्डिङ, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नी नियन्त्रक भवन, पानी ट्यांकी, तारबार, ड्रेनेज, पाँचसय कार क्षमताको पार्किङ, आवश्यक सबै उपकरणहरु जडान लगायतका कामहरु सकिएका छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.