काठमाडौँ । अभिनेता पल शाहले प्रहरी्समक्ष आत्मसमर्पण गरेका छन् । यौन दुराचारको आरोप लागेका अभिनेता शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैँ पुगेर आत्मसमर्पण गरेका हुन् ।
एक नाबालिग गायिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएपछि प्रहरीको फरार सूचीमा रहेका अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आइतबार बिहान मात्र प्रहरीसामु उपस्थित हुने बताएका थिए । आफू बिरामी रहेको र घर व्यवहार मिलाउँदा तथा शुक्रबारबाट रिलिज भएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर प्रहरीसमक्ष उपस्थित हुन नसकेको भन्दै उनले क्षमा याचनासमेत गरेका थिए ।
साथै अभिनेता शाहले काठमाडौंमा युट्यूवरले तमासा गर्ने भन्दै आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेकाे र साेहीअनुसार उनलाइ तनहुँमै नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।








