• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सुर्नया गाउँपालिकाका जनप्रतिनिधि लाखाैं खर्चेर लुम्बिनीदेखि इलाम भ्रमणमा

  •   मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडी । आगामी ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन हुँदैछ । तर, बैतडीको सुर्नया गाउँपालिकाका केही जनप्रतिनिधि कार्यकालकाे उत्तरार्धमा लुम्बिनी र इलाम भ्रमणमा निस्केका छन् ।

    १० फागुनमा भ्रमणमा निस्केकाे टाेली आज इलामबाट फर्कँदैछ ।

    कार्यकाल सकिनैलाग्दा जनप्रतिनिधिहरु कर्मचारीसहित भ्रमणमा गएका हुन् । वडा नम्बर १ का वडाअध्यक्ष  गजेन्द्र चन्द, २ का वडाअध्यक्ष हर्क पाण्डे, ३ का वडाअध्यक्ष दिलाराम भट्ट, ४ वडा वडा अध्यक्ष दिनेश भट्ट, गाउँसभा सदस्य प्रकाश लुहार, पुष्पा पाल चन्द र हेमा भट्ट जिल्लाका विभिन्न स्थानीय तहमा पुगे । उनीहरुसँग सामाजिक परिचालक दमन्ती ऐर, न्यायिक समितिमा कार्यरत रामसिंह महरा, लघुउद्यम विकास कार्यक्रममा कार्यरत धर्म मडै, रोजगार शाखाका प्राविधिक लोकेश विष्ट, रोजगार शाखा प्रमुख सुरेन्द्र धामी पनि थिए ।

    भ्रमण टोलीमा सहभागी सुर्नया-३ का वडाअध्यक्ष दिलाराम भट्टले भने, ‘इलामको चिया बगान, केही कृषि तथा पशु फार्ममा पुग्यौँ । अवलोकन भ्रमण गरिरहेका छौँ ।’

    सुर्नया- ४ का वडाअध्यक्ष दिनेश प्रशाद भट्टले आगामी नेतृत्वलाई सुझाव दिन भ्रमणमा निस्केको जिकिर गरे  ‘सुरुका वर्षदेखि नै भ्रमणमा जाने योजना थियो, विविध कारणले रोकिएको हो, अहिले निस्केका छौँ, हाम्रो अन्तिम कार्यकाल भए पनि अब आउने प्रतिनिधिलाई सुझाव-सल्लाह दिन सकिने छ,’ उनले भने ।

    गत पुसमा बसेको गाउँ कार्यपालिका बैठकबाट अन्तरपालिका स्तरीय भ्रमणमा जाने निर्णय भएकाे थियाे । भ्रमण टोलीले पेस्कीको रुपमा ५ लाख लगेको लेखा शाखा प्रमुख  प्रेमराज भट्टले बताए ।  भ्रमणका लागि ८ लाख रकम छुट्याइएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत कमलापती भट्टका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य सहितको १६ जनाको कार्यपालिकाको टोली र पाँच जनासम्म कर्मचारी भ्रमणमा जाने निर्णय भएकाे थियाे । तर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भने भ्रमणमा गएका छैनन् ।

    गाउँपालिका  अध्यक्ष वीरबहादुर विष्टले कार्यपालिकाबाट अनुशिक्षण भ्रमणको रुपमा जाने निर्णय भएकाे बताए ।  ‘केही साथी भ्रमणमा गएका छन् म गइँन,’ उनले भने ।

    वडाध्यक्ष बाेहरा भन्छन्- कार्यकालकाे अन्तिममा भ्रमण जानुकाे अर्थ छैन

    कार्यकालकाे अन्तिममा हुने भ्रमणको औचित्य नभएकाले आफू सहभागी नभएको वडा नम्बर ८ का अध्यक्ष आनन्द बोहराले बताए ।  उनले भने, ‘सुरुका वर्ष भ्रमणमा जान प्रस्ताव मैले पनि गरेको हुँ । त्यतिखेर जान सकिएन । अहिले अन्तिममा आएर भ्रममणमा जानुकाे अर्थ छैन । जनतालाई के जवाफ दिने ?’

    अन्यत्र पालिकाका राम्रा अभ्यासकाे अनुशरणका लागि भ्रमण आवश्यक रहे पनि अहिले अर्थ नरहेकाे उनकाे भनाइ छ ।

     

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.