चितवन । ट्रोल काभ्रे,नेपाली पोइट्टरी , नेपाल साहित्यिक संसार द्वरा संयुक्त रुपमा आयोजित रास्ट्रियव्यापी कबिता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । आज शनिवार लोक जोशीको अध्यक्षतामा आयोजित कविता प्रतियोगितामा भुपी सरोवर , राजेन्द्र ओझा ूनयनू,सुशान्त थापा निर्णायक रहेका छन् । प्रतियोगितामा ८ जाना सहभागी मध्येबाट बिदिर्न बिबेक प्रथम , सरु बस्नेत द्वितीय, किस्नजङ कुवार तृतीय, दलबहादुर गुरुङले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगिताका विजयीहरूलाई नगद ३०००,१५००, ५०० प्रदान गरिएको थियो। कार्यक्रमको मुख्य प्रायोजकस: द निन्फीनिटि र सह-प्रायोजकस: अलि फर टिन्स रहेको थियो । ट्रोल काभ्रे,नेपाली पोट्टरी, नेपाल साहित्यिक संसार द्वरा संयुक्त रुपमा आयोजित कार्यक्रम आयुष बडालको संयोजकमा सम्पन्न भएको थियो ।








