• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सरकारले तोकेको सेवा सुविधा नदिएको भन्दै सुनसरीका सामुदायिक विद्यालय बन्द

  •   बुधबार, फागुन १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुनसरी ।  सरकारले तोकेको सेवासुविधा नदिएको भन्दै सुनसरीको सदरमुकाम इनरुवाका बालबालिका केन्द्रका शिक्षिका र कर्मचारीले नगरपालिकाभित्रका सबै सरकारी विद्यालय बन्द गराएका छन् ।

    आर्थिक वर्ष २०७८-७९ को बजेटमा शिक्षिका र कर्मचारीले खाइरहेको तलबमा दुई हजार सरकारले थप गरिदिने र बाँकी सात हजार स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने भने पनि तोकिएको सुविधा नपाएको भन्दै उनीहरूले विद्यालय नै बन्द गराएका हुन् ।

    नगर प्रमुखलाई पटकपटक ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका संयोजक सोनु मगर ढुंगेलले बताइन् । उनले आन्दोलनको बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइन् ।

    त्यस्तै आन्दोलनरत शिक्षिका सरस्वती डाँगीले अन्य जिल्लामा संघीय सरकारको नियम लागू हुने तर इनरुवा नगरपालिकामा नहुनेले घर नजिकको सरकारप्रति विश्वास हराउन थालेको बताइन् । गत साउनदेखि नै पाउनुपर्ने रकम आठ महिना बितिसक्दा पनि नपाउँदा दु:ख व्यक्त गरिन् । उनले माग पूरा नभए अझ सशक्त आन्दोलन गर्नेसमेत बताइन् ।

    बिपी मेमोरियल आधाभूत विद्यालयका आन्दोलनरत कर्मचारी महाबुद्ध मियाले स्थानीय सरकारले सानो कर्मचारी भनेर हेपेको आरोप लगाए । उनले अन्य पालिकामा सहजै खर्च सक्ने तर हाम्रो नगरले किन सक्दैन भन्दै प्रश्न गरे । उनले सरकारले नै श्रम शोषण गरेकोसमेत आरोप लगाए । “यसअघि नगर प्रमुखसँग पटकपटक वार्ता गर्दा मेयरले दुई हजार थप गरिदिन्छु भन्नुभयो, माथिबाट सात हजार थप हुन्छ भनेको छ, हामीले किन दुई हजारमा मान्ने,” उनले प्रश्न गरे, “यो सरकारले नगरेको अर्को सरकारले गर्छ भनेर कसरी विश्वास गर्नु, जसरी हुन्छ संघीय सरकारले बजेट भाषणमा उल्लेख गरेको १५ हजार सेवासुविधा पाउनुपर्‍याे, हाम्रो माग यति हो ।”

    गत साउनदेखि नै अन्य पालिका, जिल्लामा लागू हुँदा इनरुवामा लागू नहुनुले स्थानीय सरकार नै श्रम शोषण गर्न लागिपरेको आन्दोलनरत पक्षको आरोप छ । पटपकपटक ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता भएपछि धर्ना, आन्दोलन हुँदै विद्यालय नै बन्द गर्न बाध्य भएको बताए ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले भने नगर कार्यपालिकाबाट आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने बताए । आम्दानीको स्राेत जुटाउन समस्या भएकै कारण सरकारले तोकेअनुरूप दिन नसकिएको उनको भनाइ छ । इनरुवा नगरपालिकामा बालबालिका केन्द्रमा ८५ जना र विद्यालय कर्मचारी ६५ जना छन् । विद्यालय बन्द गराएपछि ३० वटा विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.