• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नियमित काम गरेरै भिन्न बन्दै अर्घाखाँचीका प्रहरी प्रमुख

  •   बिहिबार, फागुन १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अर्घाखाँची । भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा निर्वाचित भएपछि उनको प्राथमिकतामा परेको थियो धनचौर क्षेत्रमा प्रहरी चौकी स्थापना । सन्धिखर्क बजारबाट लामो दुरीमा रहेको र जिल्ला प्रहरी कार्यालयले नै हेर्नुपर्ने यो क्षेत्रका जनताका मागअनुसार पनि नगर प्रमुख थापाले जिल्ला प्रहरी कार्यालयसँग धेरैपटक आग्रह गरेका थिए । जनशक्ति अभावको बहाना देखाउँदै प्रहरी प्रमुखहरू उम्किइरहन्थे, तत्काल सकिँदैन भनेर ।

    तर, गत १६ असारमा अर्घाखाँची प्रहरी प्रमुखको रुपमा आएका अमर थापाले नगरप्रमुखको एकै पटकको अनुरोधमा प्रक्रिया अगाडि बढाए । ‘मेयर सापले अनुरोध गर्नुभयो, अनि हामीले त्यस क्षेत्रमा अध्ययन पनि गर्याै,’ प्रहरी प्रमुख थापाले भने, ‘मैले आवश्यक प्रक्रिया पूरा गरी माथि अनुरोध गरेँ । स्वीकृति आएपछि अस्थाई प्रहरी चौकी निर्माण सकेर उद्घाटन समेत गरिसकेका छाैं ।’ उक्त प्रहरी चौकीबाट अहिले सेवा प्रवाह सुरू भइसकेकाे छ ।

    केही वर्षदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन बनाउने अन्यौलता थियो । कहाँ बनाउने ? कसरी बनाउने ? भन्ने विषयमा लामो समयदेखिको अन्यौलता प्रहरी प्रमुख थापा आएसँगै हट्यो । अर्घाखाँची आएको केही दिनमै थापाले ट्राफिक प्रहरीको भवनको लागि ठाउँको टुंगो लगाए । अनि स्थानीय व्यवसायी तथा स्थानीय सरकारहरूको सहयोगमा निर्माण सम्पन्न गरी लुम्बिनी प्रहरी प्रमुखको हातबाट उद्घाटन गराए । भवन कहाँ बनाउने टुंगो नलागेको अवस्थामा अर्घाखाँची आएका थापाले पाँच सात महिनामा जग्गाको व्यवस्थापनसहित आर्थिक जोहो गरी कार्यालय उद्घाटनसम्म गराउन सफल भए ।

    जिल्लाको शान्ति शुरक्षाको लागि जुनसुकै भूमिका निभाउन पनि तयार रहेको बताउने थापाले जिल्ला सदरमुकाम सन्धिखर्क भित्रिने नाकालाई सम्भावित जोखिमको क्षेत्र पहिचान गरे । बहुप्रतिक्षित सालझण्डी ढोरपाटमन सडक निर्माणपछि हुनसक्ने सम्भावित सुरक्षा खतरालाई मध्यनजर गरी फुदवाङ बजारमा अस्थाई प्रहरी चौकीको आवश्यकता गरे ।

    यसलगत्तै प्रक्रिया अगाडि बढाएका थापाले केही दिनअघि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको हातबाट अस्थाई प्रहरी चौकी फुदवाङको उद्घाटन गराए । लामो समयदेखि निर्माण चरणका रहेको धारापानी प्रहरी चौकी भवन निर्माण गरी केही दिनअघि उद्घाटन समेत गरिसकिएको छ ।

    कुरामा भन्दा काममा विश्वास गर्ने थापा अर्घाखाँची आएपछि आत्महत्याको न्यूनिकरणको लागि अभियान नै संचालन गरे । ‘म आउनुभन्दा अघि नै अर्घाखाँचीमा आत्महत्याका घटना बढी छन् भन्ने सुनेको थिएँ ।’ थापाले भने ‘त्यसपछि हामीले अभियानकै रुपमा जनचेतना कार्यक्रमहरू स्कूलस्कुलमा पुगेर सम्पन्न गयौं ।’ गतवर्ष यही अवधिमा ८० जनाले आत्महत्या गरेकोमा यो वर्ष त्यो संख्या घटेर ३० पुगेको छ ।

    यतिमात्र होइन थापाको सक्रियतामै १९ वर्ष कैद भुक्तान बाँकी रहेका १४ जना अभियुक्तहरुलाई नियन्त्रणमा लिन सफल भएका थापाले यही कार्यकालमै जिल्ला प्रहरी कार्यालयको प्रांगण पिच मात्र गरेका छैनन् जोखिमयुक्त स्थानहरूमा सीसीटीभी क्यामेरा समेत जडान गरेका छन् ।

    थापा आएपछि आफूहरूले केही परिवर्तन महसुस गरेकाे अर्घाखाँची चेम्बर अफ कमर्शका अध्यक्ष अशाेककुमार श्रेष्ठले बताए । ‘अरु डिएसपी साबहरू काम कम कुरा धेरै गर्नुहुन्थ्याे,’ श्रेष्ठले भने ‘तर उहाँ आएपछि निकै राम्राे भएकाे छ । सन्तुलित अनि शालिन स्वाभावका साथ उदाहरणिय काम गर्ने उहाँबाट सबैले केही सिक्नुपर्छ ।’

    ‘याे त मेराे नियमित नै काम हाे, धेरै गर्न सकिएकाे छैन ।’ प्रहरी प्रमुख थापाले भने, ‘जत्ति गरिएकाे छ याे म एक्लैले हाेइन, प्रहरी निरीक्षक ज्यूहरू, ट्राफिक प्रमुख सईसाबसहित सबै राष्ट्रसेवकहरूकाे राम्राे साथ रह्याे । टिमका कारण नै याे सम्भव भएकाे हाे ।’

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.