• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गाउँमा सिंहदरवार आउँछ भन्थे चुनाव जितेपछि नेता समेत फर्केनन्

  •   बिहिबार, फागुन १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    डडेल्धुरा । महाकाली नदी निरन्तर बगिरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–१ को चुँडी गाउँबाट भारतको चम्फावत जिल्लाको ताम्ली गाउँ टल्किरहेको छ। शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सबैको पहुँच पुगेको छ त्यहाँ ।

    साँझ पर्‍यो कि झिलिमिली हुन्छ, ताम्ली गाउँ। तर, नेपाली भूमि चुँडी गाउँ भने अन्धाकारमय छ। चुँडी गाउँमा भारतको जस्तै विकास कहिले होला भनेर सोच्ने गर्छिन्, सुनादेवी बोहरा।

    भारतीय गाउँमा बिजुली बलिरहँदा उनी भने अन्धाकारमा बसिरहेका छन् । भारतीय बजारबाट किनेर ल्याएका सोलारको धिपधिप उज्यालोले चित्त बुझाइरहेकी छन्, उनी । उनी भन्छिन्, ‘सोलार पनि कहिले बल्छन्, कहिले बल्दैनन् । बादल र पानी परेको दिन सोलार नबलेपछि रात काट्नै समस्या हुन्छ ।’

    गाउँमा खानेपानी पनि छैन्, एक घण्टा हिँडेर पानी बोक्नु पर्ने स्थानीय पदमसिंह थलाल बताउँछन् । नेपाल टेलिकमको टावर नहुँदा भारतीय सिम प्रयोग गर्ने गरेकाे उनी बताउँछन्।

    ‘हामी नेपालमा छौं कि भारतमा कहिले काहि झुक्किन्छौं ,’  उनले भने, ‘नेपाल सरकारले हामीलाई हेर्दैन् । भारतीय पक्षले महाकाली पारी नेपाल भन्छ। उताको विकास देख्न पाइन्छ। भोग्न पाइँदैन् ।’

    उनले देशमा जुनसुकै पार्टीको सरकार आए पनि विकासकाे अनुभव गर्न नपाएकाे बताए। ‘प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहजिल्लाका नागरिक भए पनि हामी नेपालबाट टाढा छौं तर, नेपाली भूमिमै छौं,’ उनले भने।

    स्थानीय भन्छन्- सिंहदरवार पुगेन्
    यहाँका बासिन्दा दैनिक नुन, तेल ल्याउन समेत भारतीय बजारकाे भरमा छन् ।

    सरकारले चुँडी गाउँको विकास नगरे पनि महाकालीमा पुल राखिदिए मात्रै पनि सहज हुने स्थानीय लोकबहादुर ठकुराठीको भनाइ छ । देश संघीयतामा गएपश्चात गाउँगाउँमा सिंहदरबार आउने चर्चा चल्यो ।

    सिंहदरबार नदेखेका दुर्गम गाउँका यी नागरिक पनि विकासको लहर आउँछ भन्ने सोचे पनि त्यसो नभएको ठकुराठीको भनाइ छ। देश संघीयतामा गएको चार वर्षभन्दा बढी भइसक्दा समेत नागरिकले सिंहदरबारको अनुभुति गर्न नपाएकाे उनी बताउँछन् । करिब ३० घर रहेको यो गाउँमा घोरेटो बाटोसम्म छैन्।

    ‘हाम्रा दु:ख यस्तै थिए। अझ यस्तैं छन् । कहिलेसम्म यस्तो रहने हो थाहा छैन्,’ स्थानीय महेश ऐडी भन्छन्, ‘सिंहदरबार आउँछ भनेर चुनाव जितेका जनप्रतिनिधिले गाउँको विकासमा एक रत्ति ध्यान दिएका छैनन्।’

    उनी भन्छन्, ‘सिंहदरबार त त्यस्तै हो हाम्रो गाउँमा चुनाव जितेपछि जनप्रतिनिधि समेत पुगेका छैनन् ।’

    दुर्गम बस्ती चुँडी  गाउँमा कोही बिरामी पर्दा पाँच घण्टा बोकेर भारतीय अस्पतालमा पुर्‍याउनु परेको ऐडीको भनाइ छ। यातायातको सुविधा नहुँदा पाँच घण्टाको पैदल यात्रा गरेर  अस्पताल पुर्‍याउनु पर्ने अवस्था रहेको उनको भनाइ छ।

    गाउँमा विद्यालय नहुँदा विद्यार्थीहरू दुई घण्टा हिडेर पत्तरम भन्ने ठाउँमा पुग्ने गरेको लोकबहादुर ठकुराठीेले बताए । उनी भन्छन्, ‘हिड्न सक्ने विद्यालय गएर पढ्छन् नस्कने घरको काम गर्छन् ।’

    सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याए पनि चुँडी गाँउमा हिँड्ने गोरेटो बाटोको समेत व्यवस्था नगरिदिएको उनको भनाइ छ। वडा कार्यालय पुग्नको लागि पाँच घण्टा पैदल हिँडेर जानुपर्ने बाध्यता छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.