काठमाडौं । बलिउड अभिनेत्री रेखाका सुरक्षा गार्डमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सुरक्षा गार्डमा कोरोना भाइरसको संक्रमण देखिएपछि मुम्बईस्थित उनको घर सिल भएको छ । मुम्बई महानगरले उनको घरलाई सिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेखाको घर बाहिर संक्रमणको जोखिमयुक्त क्षेत्र भनेर सूचना टाँसिएको छ । रेखाको घरमा रहेका दुई सुरक्षा गार्ड मध्ये एकजनामा संक्रमण देखिएको हो । सुरक्षा गार्डमा संक्रमण भएको सम्बन्धमा रेखा वा उनका प्रवक्ताले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएका छैनन्








