• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवनमा पत्रपत्रिकाको इतिहास : लेटर प्रेसदेखि डिजिटलसम्म

  •   आइतबार, असार २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा पत्रपत्रिका (साहित्यिक)को इतिहास २०२२ सालबाट भएको पाइन्छ । यस मानेमा आधा शताब्दी गएको इतिहास छ पत्रपत्रिका (साहित्यिक)को । चितवन माध्यमिक विद्यालयद्वारा २०२२ सालमा ‘चितवनको चिनो’ नामक साहित्यिक पत्रिका प्रकाशनमा आएको पाइन्छ । त्यसबेला चितवनमा पत्रपत्रिका अहिलेको जस्तो सहज किसिमले प्रकाशन गर्न सकिदैँनथ्यो । सिसाका अक्षरहरु जोडेर काम गरिन्थ्यो । लेटर प्रेसबाट छपाई हुने गर्दथ्यो । पत्रिका प्रकाशनको लागि समय निकै नै खर्चनु पथ्र्यो । सामान्य किसिमको (४०/५० पेज) साहित्यिक पत्रिका प्रकाशन गर्नु परेमा झण्डै महिनौँ दिन खर्चनु पर्ने अवस्था थियो । निकै चुनौतीपूर्ण, कठिन परिस्थितिको सामना गर्दै काम गर्नु पर्ने हुन्थ्यो । समयको माग र विकासक्रमसँगै २०५२ सालतिर चितवनमा कम्प्युटर फाट्टफुट्ट रुपमा भित्रदैँ गयो । कम्प्युटरबाट कार्य गर्न छिटो, सजिलो र स्तरीय हुने भएकोले यसतर्फ सबैको ध्यानाकर्षण हुँदै गयो । कम्प्युटरको आगमनसँगै (सिसाका अक्षरहरु जोड्ने कार्य साथै लेटरप्रेस) एकयुगको अन्त्य भएको छ । बिस्तारै–बिस्तारै मानिसहरुले छिटो, छरितो र स्तरीय कार्य खोज्नेक्रम बढ्न थालेपछि बाध्यात्मक अवस्था भयो कम्प्युटरको । लेटर प्रेसबाट सामान्य साहित्यिक पत्रिका (४०/५० पेज) प्रकाशन गर्न झण्डै एक महिना लाग्ने तर कम्प्युटराइज्ड हुन थालेपछि एक हप्तामै तयार हुने भएको छ । चितवनमा पचासको दशकबाट साहित्यिक पत्रपत्रिकाहरु प्रकाशन भएको मानिन्छ । त्यसअघि पनि फुटकररुपमा केही साहित्यिक पत्रपत्रिका प्रकाशनका आएका थिए । २०५३/०५४ सालबाट साहित्यिक पत्रिकाहरु कम्प्युटराइज्ड हुन थालेको हो । त्यसअघि पत्रिका सबै लेटर प्रेसबाटै छापिन्थे । चितवनबाट प्रकाशित हुने रमेश प्रभातको ‘अभिव्यञ्जना’, ‘सुशेली हवाइ मासिक’, र ‘सौदामिनी त्रैमासिक’, अजित प्रवासीको ‘नवपल्लव’, पुष्प अधिकारी अञ्जलिको ‘हाम्रो मझेरी’, सुरुवाती चरणका प्रतिनिधि साहित्यिक पत्रिका हुन् । त्यसपछि थुप्रै साहित्यिक पत्रपत्रिकाहरु प्रकाशनमा आएका छन् । तीमध्ये लेखराम सापकोटाको ‘सहयात्री’ र ‘अनामिका’, सुजन अधिकारीको ‘आदर्श’ र ‘इन्दु’, सुजन अनिमेष अधिकारीको ‘सिरेटो’, प्रकाशसागर दाहालको ‘नवसर्जक’ सहित ‘हाम्रो नयन’, ‘निकुञ्ज’, ‘मधुलिका’, ‘गन्तव्य’, ‘सरोजनी’, ‘आदानप्रदान’, ‘इन्द्रेणी’, ‘हिमायती’, ‘चरैवति’लगायतका साहित्यिक पत्रिकाहरु त्यसबेलाका चलेका पत्रिका हुन् । यी साहित्यिक पत्रिका सबै कम्प्युटराइज्डबाटै प्रकाशनमा आएका हुन् । यी त भए साहित्यिक पत्रपत्रिका बारेमा केही जानकारी । अब म चितवनबाट प्रकाशन हुने दैनिक र साप्ताहिक पत्रपत्रिका बारेमा जानकारी गराउन चाहन्छु । २०५४ सालबाट चितवनमा साप्ताहिक पत्रिकाहरु प्रकाशनमा आएका छन् । यसअघि साप्ताहिक पत्रिका राजधानी र अन्य अरु जिल्लाहरुमा निस्कने गरेको पाइन्छ । तर, चितवनमा २०५४ सालबाट मात्र प्रकाशनमा आएको इतिहास छ । त्यसबेला साप्ताहिकको रुपमा ‘चितवन पोष्ट’, ‘पारदर्शी’ र ‘चितवन साप्ताहिक’ प्रकाशनमा आएको हो । पत्रिका प्रकाशन त्यो बेला फलामको चिउरा चपाएजस्तै थियो । अर्थात् विज्ञापन अभाव, बजार सानो, मानिसमा पत्रिका पढ्ने बानीको विकास नहुनुलगायत कारणहरुले निकै नै चुनौतीपूर्ण थियो । अहिलेको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने धेरै नै विकास भइसकेको छ । समयको मागसँगै ती साप्ताहिक पत्रिकाहरु अहिले दैनिकको रुपमा निस्कँदै आइरहेको छ । हाल चितवनमा पाँच वटा दैनिक पत्रिकाहरु प्रकाशन हुने गरेको छ । अहिले दैनिकको रुपमा प्रकाशन भइरहेको चितवन पोष्ट, पारदर्शी, कायाकैरन, ड्रिम्स दैनिक र लोकतन्त्र सन्देश छन् ।
    समयक्रमसँगै पत्रिकाको स्तरोन्नति पनि भएको छ । श्यामश्वेतदेखि लिएर अहिले आएर पत्रिका रंगीन भइसकेको अवस्था छ । डेढ दशकपछि एकाध पत्रिका कलर हुन सफल भएका छन् । चितवनबाट प्रकाशन हुने दैनिक पत्रिका ‘चितवन पोष्ट’, ‘कायाकैरन’ कलर भएका छन् भने साप्ताहिकमा ‘उज्यालो चितवन’, ‘स्वर्ण खबर’ रंगीन भएका छन् । ऊ बेलाजस्तो पत्रिका प्रकाशनको लागि फलामको चिउरा चपाएजस्तो अहिले त्यो अवस्था छैन । अहिले बजार विस्तार, विज्ञापनको सहजता, आमजनताले प्रचारप्रसारको लागि मिडियाको भूमिकाको महत्वबारे बुझेकाले प्रकाशनका लागि धेरै सहजता मिलेको छ । पछिल्लो समय आएर पत्रपत्रिकाको माध्यममा परिवर्तन भएको पाइन्छ । मानिसको आवश्यकता, प्रविधि विकाससँगै पत्रपत्रिकाको मोडालिटी परिवर्तन हुँदै गएको महसुस हुँदैछ । इन्टरनेटको विकासले छापा पत्रिकालाई यसले मोड्दै लगेको छ । इन्टरनेटले मानिसलाई विश्वको कुनै पनि कुनामा भएको घटनालाई भर्खरका भर्खरै थाहा पाउने बनाइदिएको छ । यसले धेरै सहजता भएको छ । त्यसै अनुरुप हाल विश्वमै अनलाइनको विकास तिब्र गतिमा भइरहेको छ । संचार मिडिया हाउसहरुले पनि बढ्दो विकासक्रम अनुरुप आफ्नो व्यवसायलाई डिजिटल प्रविधितर्फ परिवर्तन गर्दै लगेको पाइन्छ ।
    हाल आएर प्रत्येक मिडिया हाउसले आफ्नै अनलाइन संचालन गरेको पाइन्छ । यो तिब्रगति विकासको प्रतिफल तथा इन्टरनेटको प्रभाव हो । अहिले हामी संसारमा जुनसुकै घटना भए पनि तुरुन्तै थाहा पाउने भएका छौं । इन्टरनेटको विकासक्रमले मानिसमा सुविधा थप भएको छ । मिडिया हाउस पत्रपत्रिका डिजिटलीकरण तर्फ आकर्षित हुँदै गएको छ । यसले भावी दिनमा छापा माध्यमका धेरै पत्रपत्रिका बिस्तारै लोप हुने अवस्थामा रहेका छन् । छापा माध्यमबाट प्रकासन हुने पत्रपत्रिका बिस्तारै डिजिटलीकरण तर्फ आकर्षिक हुँदै गर्दा भविष्यमा गएर पक्कै पनि विस्थापित हुने निश्चित प्रायः छ । चितवनबाट मात्रै हल्कारो समाचार, इच्छाकामना न्यूज, न्यूजप्रवाह डटकम, कालिका दैनिक, नारायणी अनलाइन, चितवन समाचार, भरतपुर पोष्ट, इचितवन पोष्ट लगायत झण्डै दुई दर्जनको हाराहारीमा अनलाइन पेपर संचालनमा रहेका छन् । समयको विकासक्रमसँगै नेपालमा हाल आएर डिजिटल प्रविधि अनलाइनमा नै सबै मिडिया हाउसहरुको आकर्षण बढ्दै गएको छ । मिडिया हाउसहरुको अब विकल्प भनेकै डिजिटल माध्यम हो ।

    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती
    व्यक्ति विशेष: डिजिटल नेपालको नेतृत्व गर्ने सपना बोकेका केशव नेपाल
    विचार: सूचना प्रविधि, सुशासन र विकास

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.