काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ३६२ जनाले संक्रमणलाई जितेका छन् । स्वास्थ्य मन्त्रालय अनुसार ६ हजार २२० जनामा गरिएको परीक्षणमा ९१ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशमा हाल ९ हजार ९४७ जना सक्रिय संक्रमित रहेका छन् ।








