• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विद्यार्थी मृत्यु प्रकरण : सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा कायमै

  •   बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेबाट जारी गरिएको अनिश्चितकालीन निषेधाज्ञा कायमै रहेको छ । मंगलबार सुन्दरबजार नगरपालिका-९ मा फ्युचर स्टार आवासीय विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र १८ वर्षीय सनिज श्रेष्ठको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएपछि सिर्जना भएको प्रदर्शनलाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । तनहुँको भानु नगरपालिका-९ बाइसजाँगर घर भएका श्रेष्ठ फ्युचरस्टारको होस्टेलमा बसेर अध्ययन गर्दै आएका थिए ।

    विद्यार्थीको मृत्यु हुनुमा विद्यालयलाई दोषी देखाउँदै आफन्त र बाइसजाँगरका स्थानीयले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको छ । प्रदर्शनलाई रोक्न खोज्दा तीन जना प्रहरी घाइते भएका थिए भने केही प्रदर्शनकारी समेत घाइते भएका थिए । विद्यार्थीको आफन्तलाई थाहै नदिई शव पोस्टमार्टमका लागि अस्पताल ल्याएको भन्दै स्थानीयले बेंसीसहरस्थित जिल्ला अस्पताल र प्रहरी कार्यालयमा आएर पनि प्रदर्शन गरेका थिए ।

    प्रहरीले स्कुलका शिक्षक सरोज ओलिया र एक जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार बेलुका पीडितका परिवार र आफन्तसँग बसेर छलफल गर्दा पीडित परिवार सहमतिमा नआएको र बुधबार साँझसम्म सहमति नहुँदा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

    घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गर्ने, घटनाको वास्तविकता पत्ता लगाएर दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ । प्रहरीले अश्रुग्याँस, लाठीचार्ज र हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएको र बुधबार ठूलोमात्रामा स्थानीयवासी आउने भएपछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको प्रशासन स्रोतले बताएको छ । बुधबार बिहान ६ बजेबाट विद्यालय भएको स्थान सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

    जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गर्दै सुन्दरबजार नगरपालिका ७ पूर्व दक्षिणस्थित पाउदी पुल, पूर्वतर्फ राइनासबाट पाउदीतर्फ आउने मर्स्याङ्दी पुल, पश्चिमतर्फ सुन्दरबजार नगरपालिका ९ मा रहेको मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रको आवास क्षेत्रको मूल गेट अगाडीको पक्की सडक र उत्तरतर्फ सुन्दरबजार नगरपालिका ८ स्थित सिउँडीबार चोक समेत चार किल्ला भित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

    प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको जनाएको छ । निषेधाज्ञाको समयमा सवारी साधन आवतजावतमा बन्द गरिएको छ । निषेधाज्ञासँगै काठमाडौँ र पोखराबाट आएका सवारीसाधन तनहुँको भानु नगरपालिका-९ बाइसजागरमा रोकिएका छन् ।

    निषेधाज्ञा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् । पोखरा र तनहुँबाट समेत प्रहरी ल्याएर परिचालित गरिएको प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । मृतकका आफन्तले दुई वटा स्कुल बस, एउटा भ्यान र स्कुलको मूल गेट तोडफोड गरेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.