• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

संवैधानिक जटिलतातर्फ सुदूरपश्चिम प्रदेशसभा

  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सरकार मौन बस्न थालेको छ । ६ महिनाभन्दा बढी समयसम्म प्रदेशसभा बैठक सञ्चालन हुन नसकेमा संवैधानिक जटिलता आउने कानुनी प्रावधान छ । सुदूरपश्चिम प्रदेश सरकारको वर्षे अधिवेशन अन्त्य भएको साढे पाँच महिना बितिसकेको छ । तर, बैठक सञ्चालन गर्ने बारेमा भने अझै छलफल नभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन सञ्चालन गर्नु पर्ने नेपालको संविधानले व्यवस्था गरेको छ । गत असोज १५ गते प्रदेशसभाको बर्खे अधिवेशन सकिएको थियो । बर्खे अधिवेशन सकिएको मितिले आउँदो चैत १५ गतेभित्रै प्रदेश सरकारले हिउँदे अधिवेशन सञ्चालन गर्नु पर्नेछ । कानुनले पाँच महिना २९ दिनसम्म अधिवेशन सञ्चालन नगरे पनि हुने व्यवस्था गरेको छ ।

    सरकारले अहिलेसम्म हिउँदे अधिवेशनको टुङ्गो नलगाएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । अहिले प्रदेशसभा मर्मत भइरहेको छ,’ सचिव जैशीले भने, ‘एक दुई दिनमा मर्मत सकिन्छ होला, सायद त्यसपछि प्रदेशसभा बैठक सञ्चालनको तयारी हुन्छ होला । उनले अहिले नै प्रदेशसभा बैठक सञ्चालन गर्ने बारेमा भने कुनै छलफल नभएको उनले बताए ।

    सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले चैतमा बैठक बस्न सक्ने बताइन् । तर बैठक कहिले बस्ने भन्ने विषमा भने एकान नभएको उनले बताइन् । ‘प्रदेशसभाको सभाहल मर्मत भइरहेको छ,’ मन्त्री जोशीले भनिन्, ‘त्यसको मर्मत एक दुई दिनमा सकिँदै छ भन्ने खबर आएको छ, त्यसपछि आवश्यक तयारी गरेर चैतको दोस्रो हप्ता सम्म बैठक बस्न सक्छ ।’

    उनले चैत दोस्रो साता अनिवार्य रूपमा हिउँदे अधिवेशन सञ्चालन गर्नु पर्ने बाध्यतालाई प्रदेश सरकारले मनन गरेको बताइन् । चैत दोस्रो साता सम्म पनि बैठक बसेमा संवैधानिक जटिलता आउने तर्फ हामी सचेत छौं,’ मन्त्री जोशीले भनिन्, ‘त्यस अगावै हामी बैठक बस्ने छौं, संवैधानिक जटिलता आउन दिइने छैन ।’ मन्त्री जोशीले यो अधिवेशन कानुन अधिवेशनको रूपमा पनि रहने गरेकाले प्रदेशसभालाई धेरै बिजनेस दिने हिसाबले प्रदेश सरकारले तयारी गर्ने प्रयास गर्दा लम्बिएको बताइन् ।

    मन्त्री जोशीका अनुसार प्रदेशसभालाई हिउँदे अधिवेशनमा पर्याप्त बिजनेस दिनका लागि प्रदेश सरकारले पाँच वटा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले विधेयक तयार पारेको जनाइएको छ ।

    प्रदेश सभामा चार वटा विधेयक प्रक्रियामा रहेका छन् । प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विषयगत समितिमा छन् । यसैगरी, दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पनि विषयक समितिमा रहेको छ । सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ९पहिलो संशोधन० ऐन, २०७७ सचिवालयमा दर्ता भएको छ । हालसम्म ५७ कानुन बनिसकेका छन् ।

    प्रदेश सरकारले एकल अधिकारका कानुन बनाउने क्रममा लगभग अन्तिम चरणमा रहेको मन्त्री जोशीको भनाइ छ । ‘हामीले हाम्रो अधिकारको ८० प्रतिशत कानुन निर्माण गरिसकेका छौं । अब हामीले धेरै कानुन बनाउनु पर्ने छैन’, उनले भनिन् । ‘तर, साझा अधिकारका कानुन अझै पनि बाँकी रहेको छ ।’ सङ्घीय सरकारले साझा अधिकारको कानुन नबनाउँदा प्रदेश सरकारले ती कानुनहरू बनाउन नसकिरहेको उनको भनाइ थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.