चितवन । शनिवार चितवनमा कोरोना भाइरस संक्रमण शुन्यमा झरेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाको नयाँ संक्रमित नभेटिएको हो ।
पछिल्लो २४ घण्टामा दुई सय १३ पिसिआर तथा १८ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । ति सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै चितवनमा कोरोनाका कुल संक्रमितको संख्या ३३ हजार पाँच सय ४८ मै यथावत रहेको छ । उनीहरु मध्ये ३३ हजार ७० जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या पनि शुन्य नै रहेको छ । जिल्लाभर अहिले २९ जना मात्रै सक्रिय संक्रमित छन् । ति मध्ये २७ जना होमआइसोलेसनमा छन् भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । कोरोनाबाट चितवनमा अहिलेसम्म चार सय ४९ जनाको ज्यान गएको छ ।








