• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

एभरेष्टको सेवा केन्द्र उद्घाटनसँगै निःशुल्क आँखा परीक्षण

  •   शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर महानगरपालिका–३ लायन्सचोकमा मुख्य कार्यालय रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुरमा नयाँ सेवा केन्द्रको औपचारिक शुभारम्भ गरेको छ । सहकारीले भरतपुरको विकासचोकमा सदस्य सेवा केन्द्रको उद्घाटनसँगै १६ वर्षमुनिका बालबालिकाहरुको निःशुल्क आँखा परीक्षण गरेको हो । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा परीक्षणमा स्थानीय ६६ जना बालबालिकको आँखा परीक्षण गरिएको थियो । एभरेष्ट साकोसले आफ्नो पहिलो सेवा केन्द्रको रुपमा विकासचोकको सेवा केन्द्रको शनिबार उद्घाटन गरेको संस्थाकी व्यवस्थापक सरु ढकालले जानकारी दिनुभयो ।

    विकासचोकमा सञ्चालन भएको सेवा केन्द्रमार्फत भरतपुर ५, ६, ७ १३ का सदस्यहरुले सेवा लिन सहज हुने ढकालको भनाइ छ । विसं २०६४ मा दर्ता भएर सञ्चालनमा आएको सहकारीको कार्यक्षेत्र भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि १३ सम्म तथा वडा नम्बर १५, १६ र २९ रहेको छ । तीन हजार ५८६ जना शेयर सदस्य रहेको संस्थाको चुक्ता शेयर पुँजी पाँच करोड ५० लाख रुपैयाँ, बचत २९ करोड २० लाख रुपैयाँ, ऋण लगानी ३४ करोड २० लाख रुपैयाँ, कोष रकम ३ करोड ७५ लाख रुपैयाँ तथा जम्मा सम्पत्ति ४१ करोड ५० लाख रुपैयाँ ढकालले जानकारी दिनुभयो ।

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष परितोष पौडेल, महासचिव दामोदर अधिकारी र लेखा सुपरीवेक्षण समितिका संयोजक नवराज सापकोटा तथा एभरेष्ट साकोसका अध्यक्ष बालगोपाल चुके सहितका अतिथिहरुले सहकारीको सदस्य सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा वक्ताहरुले सहकारी संस्थाले सेवा प्रदान गर्दा सदस्यको चाहाना र सन्तुष्टिको ख्याल गर्नुपर्ने, आर्थिक कारोेबार पारदर्शी, चुस्त दुरुस्त र नियमसंगत चल्नुपर्नेमा जोड दिएका थिए । संस्थाले अबको सेवा प्रविधियुक्त र सदस्यको चाहना अनुसार हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

    संस्था सञ्चालन गर्दा सदस्यहरुलाई नियमित सहकारी शिक्षा तथा वित्तीय साक्षरता सम्बन्धि जानकारीमूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि, प्राविधिक तालिम, सञ्चालकहरुलाई क्षमता अभिवृद्धि तालिम दिनुपर्ने पर्नेमा वक्ताहरुको जोड थियो । संस्थाका अध्यक्ष बालगोपाल चुकेले संस्थाले वित्तीय कारोबार साथसाथै सदस्य हेरचाह, सामाजिक उत्तरदायित्व, शिक्षा, तालिम, स्वास्थ्य परीक्षण जस्ता कार्यक्रम निरन्तरता दिने बताउनुभयो ।

    चुकेले आफ्ना शेयर सदस्यलाई आवश्यकता अनुसारको व्यवसायिक क्षमतामा वृद्धि गराउने, सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । संस्थाले सेवा केन्द्र उद्घाटनको अवसरमा संस्थाको सदस्यता लिँदा विशेष छुटको व्यवस्था गरेको उल्लेख गर्दै व्यवस्थापक ढकालले यो सुविधा आगामी चैत्र मसान्तसम्म रहने जानकारी दिनुभयो । संस्थाका अध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्तलाल प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.