• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

दुई उत्कृष्ट कर्मचारीलाई हरिलाल राई स्मृति सम्मान

  •   बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । दुई राष्ट्रसेवक कर्मचारीलाई स्वर्गीय नासु हरिलाल राई स्मृति सम्मान प्रदान गरिएको छ । मोटरसाईकल दुर्घट्नामा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्वर्गीय नासु राईको स्मृतिमा किरात राई कर्मचारी मञ्च केन्द्रीय समितिले स्थापना गरेको अक्षय कोषबाट कृषि ज्ञान केन्द्र खोटाङमा कार्यरत छैठौं अधिकृत हरिनारायण राई र इटहरी उप महानगरपालिकाको स्वाथ्यचौकी हासपोसामा कार्यरत अनमी बिमला राईलाई स्वर्गीय हरिलाल राई स्मृति सम्मान प्रदान गरिएको हो ।

    दुर्गम क्षेत्रमा लामो समय सेवा गरेको तथा किरात समुदायको उत्थानमा पुर्‍याएको योगदानको कदर गर्दै छैठौं अधिकृत राई र अनमी राईलाई किरात राई कर्मचारी मञ्च केन्द्रीय समितिले आयोजना गरेको बृहत बनभोज कार्यक्रममा सम्मान प्रदान गरिएको हो । राईद्वयलाई किरात राई यायोक्खा केन्द्रीय समिति अध्यक्ष दिवस राई, सार्वजनिक प्रशासनका उच्च पदस्थ कर्मचारीको उपस्थितिमा सम्मान–पत्र सहित जनही १५ हजार राशी प्रदान गरिएको किरात राई कर्मचारी मञ्च केन्द्रीय समितिका महासचिव अनिल किरातीले बताए ।

    पाँच जिल्ला कार्य समितिले सिफारिस गरेको १० कर्मचारीमध्येबाट हरिलाल राई स्मृति सम्मान कोषको नियमावली–२०७७ बमोजिमको व्यवस्थापन समितिले निश्चित मापदण्डको आधारमा दुई जनालाई सम्मानका लागि छनौट गरेको हो । लहानमा काठ्माण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बसले बाईकलाई ठक्कर दिँदा मालपोत कार्यालय खोटाङमा कार्यरत नासु राईको ७ पुस २०७७ मा निधन भएको थियो ।

    स्वर्गीय नासु राईको स्मृतिमा उनकै बुवा उदयबहादुर राई र आमा चुनामायाँ राईले अक्षय कोष स्थापनार्थ उपलव्ध गराएको ३ लाखबाट ३ बैसाख २०७८ मा स्वर्गीय हरिलाल राई स्मृति सम्मान कोष स्थापना गरिएको हो । पुण्यतिथि पारेर हरेक वर्षको ८ पुसमा हरिलाल राई स्मृति सम्मान प्रदान गर्ने निर्णय गरिएको भए पनि कोभिड १९ को महामारीका कारण समयमा कार्यक्रम गर्न नसकिएको किरात राई कर्मचारी मञ्चले जनाएको छ ।

    नेपालको सार्वजनिक प्रशासनमा आवद्ध भएर देश र जनताको सेवामा समर्पित किरात राई समुदायका सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई वार्षिक रुपमा सम्मान प्रदान गर्ने तथा सार्वजनिक सेवा र समुदायको हितमा प्रोत्साहित गर्न एवं वृत्ति विकासमा टेवा पुर्‍याउने लक्ष्यका हरिलाल राई स्मृति कोष स्थापना गरिएको हो ।

    वार्षिक रुपमा प्राप्त हुने व्याजबाट किरात राई समुदायका एक जना महिला र एक जना पुरुष राष्ट्रसेवक कर्मचारीलाई वार्षिक रुपमा सम्मान गर्नेगरी कोष स्थापना गरिएको मञ्चले जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.