काठमाडौं । डिभिजन सिंचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनलाई मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो। अख्तियारको टोलीले उनलाई मंगलबार कार्यालयबाटै पक्राउ गरेर कार्यालय सिल गरेको छ ।








