काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीका ४ जना, अछामका २ जना र कञ्चनपुरका १ जना गरी ७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै, प्रदेशमा संक्रमितको संख्या १ हजार ५८ पुगेको छ । हालसम्म १ जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि डिस्चार्ज भएका छन् ।








