चितवन । चालु आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितबनले १ करोड ९७ लाख ८० हजार ५ सय रुपैया राजश्व संलकन गरेको छ । ट्राफिक नियम पालना नगरेका , मापासे गरेका परमिट नभएका २५ हजार ५ सय ६१वटा सवारीसाधनहरु कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितबनका प्रमुख दया कृष्ण भट्टले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार चालु ७ महिनाको अबधिमा सवैभन्दा धेरै कार्वाहीमा पर्ने सबारिसाधनमा मोटरसाईकल रहेका छ । उक्त ७ महिनाको अबधिमा ७ हजार ५ सय ३१ वटा मोटरसाइकल कारवाहीमा परेका छन् भने कारवाहीबाट कार्यालयले ६४ लाख ६३ हजार राजश्व संकलन गरेको उनले बताए। यस्तै चालु ७ महिनाको अबधिमा सबैभन्दा कम कारवाही पर्ने सबारिसाधनमा टेम्पो रहेका उनले बताए ।
उक्त अवधिमा २ हजार १ सय ४० वटा टेम्पो कारवाहीमा परेका छन् भने कारवाहीबाट मात्रै १६ लाख १० हजार रुपैयांँ राजश्व संकलन गरेको उनले बताए । यस्तै उनले दिएको जानकारी अनुसार सबैभन्दा बढी सबारीसाधन फागुन महिनामा कारवाहीमा परेको छ । उक्त महिनामा ३० लाख ८७ हजार रुपैयांँ राजश्व संकलन भएको छ भने सबैभन्दा कम सवारीसाधन भाद्र महिनामा कारवाहीमा परेको छ ।
उक्त महिनामा २० लाख १८हजार राजश्व संकलन भएको छ । यस्तै उनले भने ” सवारीसाधनहरुले नियम उल्लंघन गरेसगै घटना र कारवाहीहरु बढेसंँगै राजश्व संकलन बढ्दै गएको छ” ।








