चितवन : कारागारमा कोरोन भाईरसको संक्रमण हुन सक्ने भन्दै भेटघाटमा आउने आफन्तहरुलाई कडाई गरिएको छ । कारागार कार्यालय भरतपुरका प्रमुख कमल प्रसाद काफलेका अनुसार कारागारमा रहेका कैदी बन्दीका आफन्तहरुलाई भेटघाट र प्रबेशमा कडाई गरिएको हो ।
भेटघाटका लागि दैनिक १ सय देखि २ सय जना सम्म आउने गरेका छन् । उनीहरुलाई अनिवार्य माक्स लगाउनु पर्ने र भेटघाट र कुराकानी गर्दा केही दुरीमा रहेर गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । कारागारको क्षमता भन्दा बढि कैदी बन्दी रहेका कारण संक्रमण चाँडो फैलन सक्ने भएकाले कडाई गरीएको हो ।२५ जना महिलाको क्षमता भएको कारागारमा ५६ जना र ४ जना आश्रीत बालबालीका रहेका छन् । यस्तै २ सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा ६ सय ८२ जना रहेका छन् । धेरै जना सानो स्थानमा बस्नुपर्ने बाध्यता भएका कारण संक्रमण भएमा चाँडो फैलने भएकाले कडाई गर्नु परेको उहाँले जानकारी दिनुभयो ।मौषममा आएको परिवर्तन संगै अन्य रोगहरुको संक्रमण समेत वढ्ने खतरा भएको भन्दै उहाँले कारागारका कैदी बन्दीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै भेटघाटका लागि आउनेलाई कडाई गरिएको बताउनुभयो ।
कारागारमा कोरोना भाईरसको संक्रमण हुन सक्ने भन्दै प्रबेशमा कडाई
कारागारमा कोरोना भाईरसको संक्रमण हुन सक्ने भन्दै प्रबेशमा कडाई
- अ
- अ
- अ








