पोखरा । गण्डकी प्रदेशमा २५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा भएको परीक्षणबाट बुधबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार म्याग्दीमा ९ जना,तनहुँमा ३ जना, (नवलपरासी बर्दघाट सुस्ता पुर्व) नवलपुरमा ११ जना, गोरखामा १ जना र कास्कीमा १ जनामा जनामा संक्रमण पुष्टि भएको हो । बुधबार थपिएका २५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२२८ जना पुगेको छ । जसमध्ये ९२५ जना भने डिस्चार्ज भइसकेका छन् ।









