काठमाडौँ । कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको ‘पिरतीको गुन्द्री’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिपकराज विश्वकर्माको संगीत रहेको गीतका शब्द विष्णु बिरही श्रेष्ठले रचेका हुन् । गीतमा डेविड शंकर र विनी श्रेष्ठको स्वर रहेको छ । युवराज वाइवाको सोच तथा निर्देशन रहेको म्युजिक भिडियोमा सरोज र आश्मालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । भिडियोमा मिक्सिङ एण्ड मास्टरिङ श्याम श्वेता रसाईलीको छ भने एरेञ्ज उदयराज पौडेलको हो । उत्सब दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।








