काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी पङ्क्तिलाई सरकारविरुद्ध प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही थाल्न निर्देशन दिएका छन्। विहीबार जारी विज्ञप्तिमा महासचिव विप्लवले सरकारले पार्टी केन्द्रीय सदस्य तथा सेती-महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेत-महाकाली ब्युरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची-कोसी ब्युरो सदस्य जोखिमलाई गिरफ्तार गरेको भन्दै प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही थाल्न निर्देशन दिएका हुन् ।









