काठमाडौं । नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल २ हजार ७१८ पिसिआर परीक्षणका क्रममा ११ जना र १ हजार ६२१ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९३६ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६६९ रहेको छ ।








