• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भैरहवा बिमानस्थलमा अचानक आगलागी हुँदा….

  •   सोमबार, चैत २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा ।  निर्माण सम्पन्न भई संचालनको तरखरमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आइतबार साझ ७ बजेर १४ मिनेटमा हिले बिमानस्थलबाट आएको २०० जना सवार मुकु एयरलाईन्सको ए ३३० को फलाइट मुकु १८१ को बिमान आपतकलिन अवतरण गर्ने क्रममा दुर्घटना भई अचानक आगलागी भयो ।

    साइरन बजाउँदै दमकलहरू दौडन थाले, विमानस्थलमै रहेको एम्बुलेन्स पनि हुइकिदै घटनास्थल तर्फ लाग्यो । विमानस्थलभित्र अप्रिय घटना घट्यो भन्दै एयरपोर्ट वरिपरिका मानिसहरुले आत्तिए । विमानस्थलभित्र अचानक धुवाँको मुस्लो निस्किएपछि अत्तालिएका विमानस्थलका छिमेकीलाई विमानस्थलमा आगलागी भएको भन्ने आभास भयो । केही बेरमा अवतरणको क्रममा बिमानस्थल दुर्घटना भएको खबर विमानस्थल प्रशासनले गर्यो ।

    उता आगलागीलाई उद्दार तथा अग्नी निवारण शाखाको अग्निनियन्त्रक, नेपाली सेना, नेपाल प्रहरीले आगो नियन्त्रणमा लिदै थिए ।

    विमानस्थलको ४ वटा र सिद्धार्थनगर नगरपालिकाको एक दमकलबाट आगो नियन्त्रणमा आयो ।

    दुर्घटनामा ५० जनाको ज्यान गयो भने १५० जना घाइते मध्ये ४५ जना सिक्स्तलाई तत्काल एम्बुलेन्स बाट युनिभर्सल मेडिकल कलेज, भिम अस्पताल र सिटी अस्पताल पु¥याइएयो  ।

    यि सवै घटना भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नमुनाको रुपमा आगलागी नियन्त्रण अभ्यासका लागि गरिएको थियो ।

     

    संचालनको तयारीमा रहेको विमानस्थलमा भैपरी आउने भन्दै पहिलो पटक रात्रीकालिन समयमा फुल स्केलमा अभ्यास गराइएको विमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दहालले बताए ।

    विमानस्थलमा अग्निनियन्त्रक तर्फ २५ जना कार्यरत छन, विमानस्थलमा दुर्घटना भए त्यसको तयरी के कस्तो छ कमीकमजोरीको पहिचान गर्न पनि यो अभ्यास गरिएको सह–महाप्रबन्धक प्रदिप अर्यालले भने ।  अभ्यासका लागि गराइएको परिकल्पना सहितको यो दुर्घटना पनि आपतकालिन उद्धार के कसरी गर्ने भनि गरिएको अभ्यास होे ।

    प्रत्येक२  वर्षमा यस्तो फुल स्केलमा अभ्यास गराउनु पर्छ । विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात उद्धारलाई व्यवस्थित र छिटो छरीतो बनाउन गौतमबुद्ध बिमानस्थलमा आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास मार्फत सचेत गराउन र आफु कसरी प्रस्तुत हुने भनि देखाउन अभ्यास गराइने गरिएको छ ।

    मापदण्डमा रहेर उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी आपतकालिन अभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक दहालले जानकारी दिए । उद्वार तथा अग्नि निवारणको पहिलो उद्देश्य र प्राथमिकता नै पहिलो ज्यान बचाउने, धनजनको सुरक्षा र सेवा दिने भएकोले कसैको जिवन रक्षाका लागि सधैव तयारी अवस्थामै रहेर दुर्घटना न्युनिकरणमा पहिलो भुमिका खेल्दै आएको बताए ।

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार गरिएको आपतकालिन अभ्यासमा बिमानस्थलमा फायर फाइटर, नेपाली सेना, नेपाल प्रहरी, विमानस्थल सुरक्षा गार्ड, स्वास्थ्यकर्मी, एयरलाइन्सका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

     

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.