• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

एनआरएनए हङकङद्वारा भरतपुर महानगरलाई १५ लाख बरावरको स्वास्थ्य सामाग्री सहयोग

  •   सोमबार, चैत २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गैर आवासीय नेपाली संघ हङकङ राष्ट्रिय समन्वय परिषदले चितवनको भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई आज १० थान अक्सिजन कन्सन्ट्रेटर र ९३ हजार थान मास्क वितरण गरेको हो । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समिर केसीले हस्तान्तरण भएका १० थानमध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराउने जानकारी दिनुभयो ।

    त्यस्तै मास्क समेत निरन्तर ड्युटीमा खटिनुपर्ने प्रहरी, ट्राफिक प्रहरी, महानगरको फोहोर व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई उपलब्ध गराउने जानकारी दिनुभयो । सवै गरेर १५ लाख बरावरको सामाग्री सहयोग गरेको उहाँको भनाई छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महानगरप्रमुख रेनु दाहालले पसीना बगाएर कमाएकोबाट भएको बचतमार्फत महानगरलाई सहयोग गर्नुभएको भन्दै धन्यवाद दिनुभयो । साथै सामाग्री सहयोग हस्तान्तरणसम्म समन्वय गरेको भन्दै चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य कायम राख्न उहाँको आग्रह थियो ।

    कार्यक्रमका अध्यक्ष एवम् गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. बद्री केसीले भैपरी आउने समस्याका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो । नेपाल बाहिर ११० बढी देशमा ८० लाख नेपालीहरु बसोवास गर्दै आइरहेको र ती सवैको अभिभावक एनआरएनए रहेको जानकारी दिँदै स्वदेशका हरेक ठाउँमा पुग्ने बताउनुभयो । भरतपुर महानगरसँग पनि समन्वय सहकार्य गर्दै अघि बढ्न आफूहरु तयार रहेको उहाँको भनाई थियो ।

    कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्व परिषदको उप–महासचिव ओम गुरुङले महानगरमा भएको विकासबारे प्रसंसा गर्दै आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो । गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकालले देशमा आपतविपत पर्दा गैरआवासीय नेपाली संघ सधैँ सहयोगी हात फैलाउन तयार रहने र कोभिड महामारीमा देश तथा विदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको बताउनुभयो ।

    कोभिडको समयमा हङकङबाट मात्रै ४ करोड बढीको सहयोग भएको र त्यसमध्ये अहिलेको सहयोग भरतपुरलाई गरिएको उहाँको भनाई थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका १५ वटा वडाका वडाअध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.