• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

पाँच वर्षको अनुभव छ, अव मेयरबाट महानगरको विकास गर्छु: पार्वती शाह

  •   मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाकी उप–प्रमुख पार्वती शाहले काँग्रेसबाट महानगरको मेयर पदमा आफ्नो उमेदवारी दर्ता गराउनुभएको छ । दुइ दिन आकांक्षिहरुको नाम दर्ता गर्न आह्वान गरेअनुसार नेपाली काँग्रेस जिल्ला कार्यालय कमलनगरमा गएर उहाँले आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो । पाँच वर्ष उप–प्रमुखमा रहेर आफ्नो जिम्मेवारी सतप्रतिशत पूरा गरेको भन्दै त्यो अनुभव सहित अव मेयरमा रही जनताको सेवामा लाग्न आफूले नाम दर्ता गराएको बताउनुभयो ।

    २०७४ मा निर्वाचित भएर आएपछि धेरै चुनौतिका बाबजुत पनि जनताको काम गर्ने अवसर मिलेको उहाँको भनाई छ । २०७४ को जनमतले आफूलाई संघीयताको अभ्यास र जनतालाई पुर्याउनुपर्ने सेवा तथा न्यायको क्षेत्रमा स्थानीय सरकार संचालन ऐनले उपमेयरलाई दिएको जिम्मेवारीमा स्व–मूल्याङ्कन देखि हरेक कुरामा सतप्रतिशत प्रतिफल प्राप्त गर्न सफल भएको छु, उहाँले भन्नुभयो,“म यसमा गर्व गर्न चाहान्छु र उपलब्धिमा गर्व गर्न चाहान्छु ।” अव उप–मेयरको पाँचवर्षे अनुभवलाइ मेयर पदमा रहेर पुनः जनताको सेवामा समर्पण गर्न तयार रहेको भन्दै पार्टीले आफ्नो भावनालाई बुझिदिने उहाँको भनाई छ ।

    उप–मेयर शाहले भन्नुभयो,“२०७४ मा जनताले उप–मेयरमा जिताएपछि संविधानले दिएको जिम्मेवारी सतप्रतिशत पूरा गरेका छु । अव यो अनुभवसहित मेयरमा रहेर महानगरको समग्र विकासमा लाग्न चाहान्छु । पार्टीले मेरो भावनालाई बुझ्नेछ ।”मेयरमा टिकट पाएर काम गर्ने अवसर पाउनुपर्नेमा उहाँको जोड छ । संविधानमा मेयर उप–मेयरमा एक जना महिला भनेकाले सक्षम महिलाले पनि मेयरमा अवसर पाए काम गर्न सक्छन् भन्ने बुझिदिन पार्टी नेतृत्वलाई उहाँको आग्रह छ ।

    सक्षम महिला र उप–मेयर चलाइसक्नुभएको उहाँले महिलालाई मेयर पदको टिकट दिनुपर्ने र यसले विजयी हुने सम्भावना समेत धेरै हुने दाबी गर्नुभयो । गठवन्धनमै जाने हो भनेपनि अघिल्लो चुनावमा माओवादीले पालो पाएर मेयरमा काँग्रेस जिताएको भन्दै यो पटक काँग्रेसले पाउनुपर्ने बताउँदै भन्नुभयो,“अघिल्लो पटक हामीले माओवादीको मेयरलाई जितायौँ ।

    स्वभाविक रुपमा अव पालो काँग्रेसको हो यसमा कुनै अन्योल हुनुहुँदैन । पार्टीले पनि सक्षम, अनुभवि र जनतासँग चिरपरिचित व्यक्तिलाई टिकट दिनुपर्छ अझ बढी महिलालाई प्राथमिकतामा राख्नुपर्छ ।” २०७४ सालको स्थानीय चुनावमा सर्वाधिक ४७ हजार १९७ मत सहित उप–मेयरमा उहाँ निर्वाचित हुनुभएको थियो । मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४३ हजार १२७ मत ल्याएर मेयरमा निर्वाचित हुनुभएको थियो । मेयरमा पराजित नेकपा एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभएको थियो ।

    अहिले भरतपुर महानगरपालिकामा मात्रै १ लाख ८५ हजार ७५२ जना मतदाता रहेका छन् । जसमा ८८ हजार ८८४ जना पुरुष, ९६ हजार ८६७ महिला र १ जना अन्य छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.