पोखरा । लमजुङ र कास्कीमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा लमजुङका ६ र कास्कीका ६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै पुरष रहेका छन् । उनीहरुलाई सबै जिल्लाका व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३०२ पुगेको छ ।








