• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भीरकोटको राजनीतिमा यसरी उदाए याम प्रसाद अधिकारी

  •   बुधबार, बैशाख ०७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    स्याङ्जा । यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा अन्य स्थानीय तहमा जस्तै स्याङ्जाको भीरकोटमा पनि चुनावको माहोल तातिएको छ । भीरकोटमा बिशेष गरी कांग्रेस र एमालेका नेता तथा कार्यकर्तालाई चुनावी रौनकले छपक्कै छोपेको देख्न सकिन्छ । यस पटक काँग्रेसबाट भीरकोट नगरपालिकाको मेयरमा नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण)ले उम्मेदवारी घोषणा गरिसकेका छन् । अधिकारी काँग्रेसका बलिया उम्मेदवार हुन् ।

    काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भीरकोटको नगर सभापतिमा विजयी अधिकारी २०७४ को स्थानिय निर्वाचनमा भीरकोट ५ बाट निर्वाचित वडाध्यक्ष समेत हुन् । युवा नेता अधिकारी भीरकोटको लोकप्रिय नेताको रुपमा कार्यकर्ता र जनतामाझ परिचित छन् । यस अघि वडाको नेतृत्व समालिसकेका र पार्टीको नगर सभापति समेत बनेका अधिकारीलाई स्याङ्जाका वर्तमान सभापति राजु थापा, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, केन्द्रिय उपसभापति धनराज गुरुङ लगायत धेरै नेताहरुकोे समर्थन छ ।

    अधिकारीले भीरकोटमा आफु बलियो रहेको बताईरहे पनि अब भीरकोटको नेतृत्वमा को आउँला भन्ने कौतुहलता धेरैमा रहेको छ । ९ वडा रहेको भीरकोटमा यस पटक २० हजार ७ सय ६९ मादाता रहेका छन् । आज हामी लामो समयदेखि भीरकोटको राजनीतिमा रहेका यामप्रसाद अधिकारी को हुन् र उनी राजनीतिमा कसरी आए भन्ने विषयमा केन्द्रित हुँदै छौ । को हुन् यामप्रसाद अधिकारी स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ५ साविक स्वरेक गाविस वडा नं ५ का स्थायी बासिन्दा अधिकारीको जन्म २०३९ सालमा भएको हो ।

    २ दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका अधिकारी नेपाली काँग्रेसभित्र इमान्दार र सिद्धान्तमा निष्ठावान नेताको रुपमा परिचित छन् । जिल्लामा खगेन्द्रराज रेग्मी, भोजराज अर्याल र स्व. कमल पंगेनीको अत्यन्तै नजिक रहेर काम गरेका उनी सांगठनिक रुपमा चतुर नेताको रुपमा चिनिन्छन् । १० बर्षको बाल्यकालदेखि नै काँग्रेसबाट प्रभावित अधिकारी २०४८ सालको निर्वाचनमा कापीको पन्नामा ४ तारे झण्डा गराई ४ तारा चारै सिटको नारा लगाएको घटना आज पनि ताजै रहेको बताउछन् ।

    विगत १ दशकदेखि हुँदा खाँदाको व्यावसाय नै छोडेर उनी सक्रिय राजनीतिमा होमिएका छन् । २०६२÷०६३ मा देशमा लोकतन्त्र ल्याउन अग्रणी भुमिका खेलेका अधिकारी कांग्रेसको १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि चुनिन सफल भए । त्यससंगै नगर र जिल्लामा उनको राजनैतिक प्रभाव विस्तारै बढ्दै गयो । २०५९मा नेविसंघको क्याम्पस ईकाइ मार्फत राजजितिमा जोडिएका उनी दर्जनौं सामाजिक संघसंस्थामा संलग्न छन् । वलिङ उद्योग वाणिज्य संघको सदस्य, सहकोषाध्यक्ष तथा फर्निचर व्यावसायी संघको जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्य समेत भएका अधिकारी वालिङ जेसीजका पूर्व अध्यक्ष समेत हुन् ।

    कोभिड महामारीको बेला एम्बुलेन्सले समेत सेवा दिन डराईरहेको बेला अधिकारीले आफ्नो निजी सवारीमार्फत करिब ७ सय बिरामीलाई निशुल्क सेवा दिए । परोपकारी भाव र नेतृत्व क्षमता भएकै कारण नगर अधिवेशनले भीरकोट काँग्रेसको नेतृत्व गर्ने जिम्मा उनलाई नै दियो । त्यो संगै ५ बर्षका लागि अधिकारी सभापतिमा चुनिए । २०५६ मा भएको आम निर्वाचनमा नेविसंघ मार्फत सक्रिय भुमिका निर्वाह गरेका उनले माओवादी शान्ति प्रकृयामा आईसके पछाडि २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा र २०७० को संविधान सभा निर्वाचामा स्याङ्जा २ नम्वर क्षेत्रबाट चुनाब लडेका स्व. कमल पंगेनी जिताउ अभियानामा युवा परिचालनको जिम्मेवारी पाए ।

    तत्कालिन अवस्थामा स्याङ्जामा ३ निर्वाचन क्षेत्र रहेको थियो । सो बेला दुई क्षेत्रमा काँग्रेसले जितेको थियो । उनी जनताका साना साना काममा पनि चासो दिँदै आफै फिल्डमा पुगेर काम गराउँने क्षमता भएका नेताको रुपमा पनि परिचित छन् । जुनसुकै बेलामा पनि जनता तथा कार्यकर्ताको फोन उठाउने र समस्या सुन्न तत्पर हुने नेताको रुपमा उनलाई भीरकोटे जनताले लिने गरेका छन् । २०७२ सालको भुकम्पमा जेसीजमार्फत तत्काल राहात तथा उद्धारको लागि उनले देखाएको तत्परता र सहयोगको अहिले पनि भीरकोट र वालिङमा बेलाबेलामा चर्चा हुने गरेको छ ।

    विभिन्न समयमा भईपरि आउँने दुर्घटनामा उद्धार तथा उपचारको लागि उनले खेल्ने गरेको भुमिकाको विषयमा स्याङ्जामा निकै चर्चा हुने गरेको छ । कोरोना महामारीको समयमा बिरामीले सवारी साधन नपाएको अवस्थामा अधिकारीले नै हस्पिटल पु¥याए । कोरोनाको कारण मृत्यू भएकाको आफन्त नहुदाँ आफै दाहसंस्कार पनि गरे । बिरामीहरु बेडनै नपाएर छट्पटाई रहनु परको अवस्थामा पनि उनले त्यसको व्यावस्थापन र उपचार गराउनको लागि महत्वपुर्ण भुमिका खेलेका थिए ।

    अधिकारीलाई भीरकोटका अन्य पाटीका नेता तथा कार्यकर्ताहरुले पनि आदर्शको रुपमा लिने गरेको पाईन्छ । फर्निचर व्यावसायी संघको संस्थापक अध्यक्ष भएपछि फर्निचर व्यावसायीहरुको धरोहरको रुपमा समेत उनी परिचित छन् । उनको जिल्लमा फर्निचर व्यावसायी संघ स्थापनाको लागि निकै महत्वपुर्ण भुमिका रहेको छ । २०६२÷६३ को जनआन्दोलन सफल बनाउनको लागि उनले खेलेको भुमिकाको अहिले पनि सबै तिर प्रशंसा हुने गरेको छ । नेपाली कांग्रेस भीरकोटको संगठन निमार्णमा उनले खेलेको भुमिका निकै अतुलनिय छ ।

    कांग्रेसमै लागेको कारण माओवादीले देशमा शसस्त्र युद्ध गर्दै गर्दा उनीहरुको आँखाको तारो समेत बनेका थिए । तर पनि अधिकारी आफ्नो विचार र सिद्धान्तबाट कहिल्यै विचलित भने भएनन् ।

     

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.