फाईल फोटो
गोरखा । पहिरोका कारण आबुखैरेनी – गोरखा सडक अवरुद्ध भएको छ । गएराति अविरल वर्षापछि राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । उक्त सडक खण्डको गोरखा नगरपालिका– १३ मा पर्ने तीनकिलो, मजुवा, आठकिलोलगायतका ठाउँमा पहिरो गएपछि सडक पूर्णरुपमा बन्द भएको छ । पहिरोका कारण तीनकिलोमा भीमबहादुर मगरको घर र एक खानेपानी ट्यांकी पनि पुरेका छन् । डोजरले पहिलो पन्छाउने काम भइरहेको र पहिरो पनि खसिरहेका कारण सडक कतिखेल खुल्छ भन्ने यकिन भएको छैन ।








