• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

इलामका स्थानीय तहमा क-कसकाे मनोनयन ?

  •   मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम । स्थानीय तहको निर्वाचनका लागि सोमबार मनोनय दर्ता भएको छ । मनोनयनका लागि दुई दिनको समय तोकिएको भए पनि सोमबार मनोनयन गर्ने दलको लाम लागेको हो । सोमबार अबेरसम्म मनोनयन चलेको थियो । जिल्लाको सदरमुकाम समेत रहेको इलाम नगरपालिकामा नेकपा एमालेबाट धिरेन चेम्जोङ र उपप्रमुखमा सीता रिजालले मनोनयन दर्ता गराएका छन् ।

    गठबन्धनबाट नेपाली कांग्रेसका केदार थापा र विष्णु दाहालले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनमा सामेल नेकपा एकीकृत समाजवादीले पनि छुट्टै उम्मेदवारी दर्ता गराएको छ । नेकपा एसबाट डिकेन्द्र दाहालले उपप्रमुखमा उम्मेदवारी दिएका हुन् । राप्रपाबाट माया भट्टराईले नगर प्रमुख र उपप्रमुखमा राजेन्द्र चौहानले उम्मेदवारी दर्ता गराएका छन् । माई नगरपाालिकाको प्रमुखमा आठ जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट खम्बसिंह लिम्बुले प्रमुखमा र हिमा भण्डारीले उपप्रमुखमा उम्मेद्वारी दिएका छन् ।

    गठबन्धनबाट माओवादीका धनबहादुर लिम्बुले प्रमुखमा उम्मेदवारी दिएका छन् । माओवादीलाई प्रमुख दिएपछि असन्तुस्ट भएका नेपाली कांग्रेसका अर्जुन काफ्लेले प्रमुखमा उम्मेदवारी दर्ता गराए । माओवादी केन्द्रका नेता भक्तबहादुर लुङ्गेलीले र नेकपा एकीकृत समाजवादीका अनिलकुमार तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका चन्द्रकुमार फागो, राष्ट्रिय जनमुक्तिबाट गंगाप्रसाद थेगीम, र राप्रपाका लालबहादुर थापाले प्रमुखका लागि मनोनयन गरेका छन ।

    उपप्रमुखमा गठवन्धनको तर्फबाट कांग्रेसका हेमबहादुर लिम्बु, राजपाबाट रुपमाया लिम्बु, मंगोल नेशनल बाट सपना राईले उम्मेदवारी दिए । देउमाई नगरपालिकामा नेकपा एमालेबाट निवर्तमान प्रमुख सूर्य पोख्रेल र उपप्रमुखमा   पविमाई राईले मनोनयन दर्ता गराएका छन् । गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका होम दुलालको उम्मेदवारी परेको छ । उपप्रमुखमा गठबन्धनबाटै माओवादीका राम राईले उम्मेदवारी दर्ता गराएका छन् ।

    जिल्लाको सबैभन्दा ठूलो सूर्योदय नगरपालिकामा एमालेबाट प्रमुखमा निवर्तमान प्रदेश सभासद काजीमान कागते र उपप्रमुखमा निवर्तमान उपप्रमुख दुर्गादेवी भट्टराईको उम्मेदवारी परेको छ । गठबन्धनबाट एकीकृत समाजवादीका रणवहादुर राई र उपप्रमुखमा नेपालि कांग्रेसका दुर्गा बरालले मनोनयन दर्ता गराएका छन् । सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा तुलाराम गुरुङ र उपाध्यक्षमा एकीकृत समाजवादीका हरिलुङ्गेलीको उम्मेदवारी परेको छ ।

    त्यस्तै नेकपा एमालेबाट विर्तमान अध्यक्ष उदय राई र उपाध्यक्षमा तुलसादेवी सेडाईँले मनोनयन दर्ता गरेका छन् । एमाले इलामका जिल्ला कमिटी इलामका सचिव उमेश गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले एमालेको सचिवबाट राजीनामा दिएर उम्मेदवारी दिएका हुन् । फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल र उपाध्यक्षमा कल्पना राईको उम्मेदवारी परेको छ । खनाल यसअघिको निर्वाचनमा अध्यक्षमा पराजित भएका थिए ।

    गठबन्धनबाट भने  कांग्रेसका डिकबहादुर थापाले अध्यक्षमा उम्मेदवारी दर्ता गराए कांग्रेसकी भद्रमाया खड्का, माओवादी केन्द्रका कुल बहादुर वान्तवा, मंगोल नेशनल अर्गनाइजेशनका सोनिया योङहाङ लिम्बु र तेज प्रकाश पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । इलामको रोङ गाउँपालिकामा नेकपा एमालेबाट मेहरमान तामाङले अध्यक्षमा विष्णुमाया भुजेलले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । गठबन्धनबाट कांग्रेसका मणिकुमार स्याङ्वो (सुवास) र उपाध्यक्षमा काँग्रेसबाटै कल्पना भण्डारीले उम्मेदवारी दिएका छन् ।

    यसअघि  कांग्रेसले चन्द्रकला राईलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । तर, उपाध्यक्ष राईले फेरि उपाध्यक्ष बन्न अस्वीकार गरेकी छन् । चुलाचुलि गाउँपालिकामा अध्यक्षका लागि   एमालेका ओमनारायण खनाल र उपाध्यक्षमा दिलकुमारी लिम्बुको उम्मेदवारी परेको छ । गठबन्धनबाट अध्यक्षमा  कांग्रेसका राजेन्द्र केरुङले उम्मेदवारी दिए भने उपाध्यक्षमा माओवादी केन्द्रका सुकबहादुर लावतिले मनोनयन गराएका छन् । माइजोगमाई गाउँपालिका अध्यक्षमा  एमालेका कुशबहादुर थेबे र उपाध्यक्षमा सावित्रा भट्टराईको उम्मेदवारी परेको छ ।

    गठबन्धनबाट भने निवर्तमान अध्यक्ष जीतबहादुर राई र उपाध्यक्षमा कांग्रेसबाट प्रविना राईको उम्मेदवारि परेको छ । गठबन्धनमा माईजोगमाईमा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । माङसेबुङ गाउँपालिकाको अध्यक्षमा  एमालेबाट हेमन्त राई र उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष सुनिता राईको उम्मेदवारी परेको छ ।

    गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसबाट निवर्तमान अध्यक्ष डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जनता समाजवादिबाट विनोद नेम्माङको उम्मेद्वारी परेको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.