• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जुम्लाका दुई पालिकामा प्रमुख पदमा महिला उम्मेदवार

  •   मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जुम्ला । नेपालमा पटकपटकको राजनीतिक परिवर्तनले महिला सहभागिता र सचेतना बढाउँदै लगे पनि निर्णायक तहमा भने संविधानले दिएको अधिकारको तुलनामा ज्यादै न्यून सहभागिता देखिन्छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्नु पर्नेमा जोड दिँदै प्रदेश समितिलाई गत चैत २८ गते परिपत्र गरेका थिए । तर त्यो परिपत्रमा विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख र वडाध्यक्षमा महिला उम्मेदवार खडा गर्नुपर्ने उल्लेख थियो ।

    परिपत्रमा भनिएको छ,‘प्रत्येक पालिका अन्तर्गत कम्तीमा एउटा वडाध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्नुपर्ने छ ।’ तर जुम्लामा माओवादीले महिलालाई उपप्रमुख वा उपाध्यक्षमै सिमित राख्यो । महिलालाई प्रमुख वा अध्यक्षको टिकट दिएन । नेकपा माओवादी कर्णाली प्रदेश सदस्य लक्ष्मीकन्या बुढाले माओवादी जुम्लाले समावेशीको संकल्प पूरा नगरेको बताइन् ।

    जुम्लामा एक नगरपालिका र ७ गाउँपालिका छन् । यहाँका ८ वटा स्थानीय तहमध्ये दुई पालिकामा मात्रै प्रमुखमा महिलाले उम्मेदवारी दिएकी छन् । अघिल्लो ०७४ को स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकामा नेपाली काँग्रेसले कान्तिका सेजुवाललाई मात्रै नगरप्रमुखको उम्मेदवार बनाएको थियो । उनी नगरप्रमुखमा पुरुषसँग प्रतिस्पर्धामा विजयी भइन् ।

    आगामी स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा चन्दननाथ–७ की २८ वर्षीया जयालक्ष्मी चौलागाईलाई उम्मेदवारी दिएकी छन् । उनले एकीकृत समाजवादी पार्टीबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएकी हुन् । नगर उपप्रमुखमा समाजवादीले भीम थापालाई उम्मेदवार बनाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

    झन्डै साढे दुई वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आएकी उनले महिला‚ बालबालिका तथा युवाको क्षेत्रमा काम गरेकी छन् । क्याट नेपाल नामक संस्थासँग आबद्ध भएर बालविवाह, छाउपडी प्रथा, लैंगिक हिंसा, महिला अधिकार, किशोरकिशोरीको पक्षमा वकालत गर्दै आइरहेकी थिइन् ।

    यस्तै नेकपा एमाले जुम्लाले गुठिचौर गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

    झुनमाया जैसीले एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिइन् । एमालेले सत्ता गठबन्धनले दिन नसकेको टिकट दिएकोमा खुुसी भएको उनले बताइन् । “चुनाव जितिएला, हारिएला यो फरक पाटो हो, तर महिलालाई अध्यक्षमा टिकट दिएर चुनावी मैदानमा पठायो यसैमा सन्तुष्ट छु’ उनले भनिन् ।  एमाले पार्टीले गुठीचौर गाउँपालिकाको उपाध्याक्षमा प्रेम बुढालाई उम्मेदवार बनाएको हो ।

    यस्तै हरेक तह र तप्कामा समावेशीका नारा घन्किने गरेपनि दोस्रो स्थानीय तहको निर्वाचन उम्मेदवारीमा प्रमुखमा महिलाको निकै काम प्रतिनिधित्व देखिएको नागरिक समाजका अगुवा राजबहादुर महतले बताए । उनले भने ‘समावेशी नारा नेताले भाषणमा मात्रै सिमित गरे । कार्यन्वयन गरेनन् । अरु ६ वटा स्थानीय तहमा पुरुषले पालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका छन् भने महिलालाई उपप्रमुख तथा उपाध्यक्ष बनाएका छन् ।’

    गुठीचौर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका दानबहादुर बुढा, माओवादीका हरिबहादुर भण्डारी, समाजवादीका जनक थकालीले उम्मेदवारी दिएका छन् । उप्रमुखमा एमालेका प्रेम बुढा, माओवादीकी राजकन्या बुढा, समाजवादीकी शान्ति मल्ल भण्डारी र काँग्रेसकी सुमन बस्नेतले उम्मेदवारी दिएकी छन् ।

    चन्दननाथ नगरपालिकाको प्रमुखमा एमालेका धर्मेन्द्र रोकाया, काँग्रेसका पदम शाही, माओवादी केन्द्रका जीवन बुढ्थापा, नेमकिपाका जयकृष्ण धराला र राप्रपाका पूर्णसिंह कठायतले उम्मेदवारी दिएका छन् । उप्रमुखमा एमालेकी मेनका रेग्मी, माओवादीकी पूर्णिमा विक, काँग्रसकी रामदेवि खड्का र नेमकिपाकी हस्तना न्यौपाने र राप्रपाकी गिता शाहीले उम्मेदवारी दिएकी छन् ।

    पातारासी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका पूर्णसिंह बोहरा, माओवादीका हरिबहादुर बुढा, एमालेका सुकराम रावत, समाजवादीका बृख महताराले उम्मेदवारी दिएका छन् । यस्तै उपाध्यक्षमा समाजवादीकी रमा भण्डारी, एमालेकी खम्मेनी महतारा, माओवादीकी जुनमाया रोकाया र काँग्रेसकी शान्ति बुढाले उम्मेदवारी दिएकी छन् ।

    तातोपानी गाउँपालिका अध्यक्षमा काँग्रेका नन्दप्रसाद चौलागाई, माओवादीका विरबहादुर कुवँर, एमालेका सुरतबहादुर शाही र समाजवादीका हिमालय खत्रीले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा सामाजवादीकी नारायणी चौलागाई, एमालेकी ज्याला चौलागाई र माओवादीकी रेवती रावलले उम्मेदवारी दिएका छन् ।

    तिला गाउँपापालिका अध्यक्षमा एमालेका रेशम शाही, माओवादीका मोतिलाल बुढा, काँग्रेसका एकराज उपाध्याय र समाजवादीका जोगबहादुर रावतले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा एमालेकी जुनमाया बोहरा, समाजवादीकी जानकी शाही, काँग्रेसकी सुश्मा श्रेष्ठ रोकाय र माओवादीकी कल्पना बुढाले उम्मेदवारी दिएका छन् ।
    हिमा गाउँपालिका अध्यक्षमा एमालेका जयबहादुर खत्री, माओवादीका अमरजंग शाही, काँग्रेसका लक्ष्मण शाही र समाजवादीका भैबहादुर रोकायाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा एमालेकी भागिरती शाही, माओवादीकी कल्पना परियार, समाजवादीकी देबु शाही र काँग्रेसकी सुर्पुना शाहीले उम्मेदवारी दिएकी छन् ।

    सिंजा गाउँपालिका अध्यक्षमा माओवादीका पूर्णप्रसाद धिताल, काँग्रेसका नन्दराम बुढा, एमालेका सुमन आचार्य र समाजवादीका कमल खत्रीले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा समाजवादीकी हिमाली भण्डारी, काँग्रेसकी रजनकला शाही, माओवादीकी सितली रोकायाले उम्मेदवारी दिएका छन् ।

    कनकासुन्दरी गाउँपालिका अध्यक्षमा काँग्रेसका दामोदर आचार्य, एमालेका मानबहादुर रोकाया, समाजवादीका पदमबहादुर बुढा र माओवादीका धनबहादुर रावतले उम्मेदवारी दिएका छन् ।

    उपाध्यक्षमा समाजवादीकी धनरुपा बुढा, एमालेकी देविसिता बुढा, माओवादीकी रिता खत्री र काँग्रेसकी प्रेमकली बुढाले उम्मेदवारी दिएका छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.